२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा माघी मेलाको रौनकता बढ्यो, भालुवाङ र लालमटियाको माघी मेलाको तयारी तीब्र

२०७२, २९ पुष बुधबार १२:१३

सन्तोषकुमार गुप्ता/ पुस २९, भालुवाङ ।  माघी सक्रान्तिको अवसरमा पुस ३० गते बिहिबार देखि भालुवाङ्ग र लालमटियामा एक साथ सञ्चालन हुने माघी मेलाको तयारी तीब्र पारिएको छ । लालमटिया—३ पुरानो भालुवाङ्गबजार स्थीत नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको सहयोगार्थ ग्यालेक्सी म्युजिक प्रालि अनामनगर काठमाडौँको आयोजना एवम् स्थानिय संस्थाहरुको सहयोगमा नेपाल राष्ट्रिय मावि भालुवाङ्गको प्रगाणमा “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” र देउखुरीको धार्मिक तथा पर्यटकीयस्थल लालमटियको हर्षेडाँडामा परम्परागत धार्मिक सांस्कृतिक तथा व्यपारिक मेलाको तयारी तीब्र पारिएको हो ।

maghi mahotsab dang

भालुवाङ्गमा माघ २ गते सम्म सञ्चालन हुने मेलामा एक लाख दर्शकले मेलाको अवलोकन गर्ने र एक करोडको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” मुल आयोजक समितीका कार्यक्रम संयोजक डोलराज बारघरेमगरले जानकारी दिए । पूर्वी देउखुरीको कला संस्कृति राष्ट्रिय तथा अन्तराििष्ट्रय क्षेत्रमा स्थापित गराई नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका लागि प्रत्येक बर्ष माघी सक्रान्तिमा माघी मेला सञ्चालनलाई निरन्तरता दिलाउन र भालुवाङ्गमा प्रत्येक बर्ष माघी मेला सञ्चालनका लागि स्थानियस्तरमा उर्जा प्रदान गर्न उद्देश्यले भालुवाङ्गको इतिहासमा पहिलो पटक माघी मेला सञ्चालन गरिएको कार्यक्रम संयोजक बारघरेमगरले जानकारी दिए ।

माघी पर्वको उपलक्ष्यमा भालुवाङ्ग क्षेत्रमा क्रियाशिल सरकारी तथा स्थानिय संस्था नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समिती, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लालमटिया स्वास्थ्य चौकी, राप्ती सामुदायिक वन उपभोक्ता समूह, संयुक्त युवा क्लव, रोल्पाली एकता समाज, आँपखोली आमा समूह, स्टार बाल क्लब र प्यूठानी मगर महिला समूहको सहयोगमा माघी मेला सञ्चालन हुन लागेको हो ।

मेलामा स्टल तथा स्टेज निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकलेृ जनाएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरु भालुवाङ्गमा आउने क्रम जारी रहेको आयोजकले बताएको छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति हुने बताईएको छ । मेलामा प्रवेशका लागि एक सय रुपैयाँको टिकट लाग्ने छ । जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति र विद्यार्थीहरुका लागि केही छुट गर्ने तयारीमा रहेको आयोजकले बताएको छ ।

मेलामा पहिलो पटक भद्रगोलका चार जना चर्चित राष्ट्रिय कालाकार कुमार कट्टेल(जिग्री ब्रो), सागर लम्साल(बले), हरि निरौला(कक्रोज) र अर्जुन घिमिरे(पाँडे बुढा) सहित हाँस्यव्यङ्ग कलाकार आउने संयोजक बारघरेमगरले बताए । त्यस्तै कार्यक्रममा राष्ट्रिय चर्चित लोकदोहरी गायक राजु परियार, शर्मिला गुरुङ्ग, पशुपति शर्मा, राधिका भुसाल, पुष्कर शर्मा, जुना श्रीस, सुमन परियार, देवीराम राना, नीरुश्रीस मगर, बिजय परियार, शिव गौतम, दिपा मगर, गंगा पुन, निशान चौधरी, सरिता थापा र मिना श्रीस् आउने पक्का भईसकेको धैर्यधर्म रोकाले जानकारी दिए ।

मेलाको पुस ३० गते बिहिबार बिहान ११ बजे उद्घाटन भई माघ २ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलाबाट संकलन भएको रकमको खर्च कटाएर बचेको रकमको केही प्रतिशत रकम नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका उपलब्ध गराईने आयोजकले जनाएको छ ।

यस्तै देउखुरीको धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडा लालमटियामा सञ्चालन हुने माघी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि माघी मेला सञ्चालन गरिएको हो । मेलामा एक सय बढी व्यपारिक स्टल निर्माण गरिएको र सबै स्टल बुकिङ्ग भईसकेको समूहका सचिव भिमकान्त भुसालले जानकारी दिनु भयो । मेलामा खेलाउन, व्यपारिक र होटेल लगायतका स्टल रहने सचिव भुसालले बताए ।

पुस ३० गते राती ८ बजे उद्घाटन गरिने मेलामा परम्परागत थारु, मगर, अबधि सहितको न्यू डान्स क्रियसनको बिशेष सांस्कृतिक प्रसतुत समेत रहने आयोजकले जनाएको छ । लालमटिया बजार देखि करिब ३ किलोमिटर उत्तर तर्फ अवस्थीत उक्त धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडामा परापूर्वकाल देखि पुस ३० गते देखि माघ २ गते सम्म माघी मेला सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार