५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गन्धर्व सङ्ग्रहालयको उद्घाटन

८ पुष २०७५, आईतवार ०८:४४

 पुस ८, लेखनाथ (रासस) | कास्कीको पोखरा– १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको छ । 

सोको उद्घाटन गर्दै उहाँले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले गन्धर्व नेपाली कला र संस्कृतिका धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । 

विसं २०७१ मा निर्माण शुरु गरिएको सङ्ग्रहालय भवन रु १७ लाखको लागतमा गत असार मसान्तमा निर्माणकार्य सम्पन्न भएको कोषाध्यक्ष विनोद गायकले जानकारी दिनुभयो । सङ्ग्रहालयको शुरुवातसँगसँगै त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा स्थानीयवासीले गरेका छन् । सङ्ग्रहालयमा गन्धर्वका कला, संस्कृति झल्कने किसिमका सारङ्गी, मादल, अरबाजा लगायतका पुराना बाजा र गन्धर्वसँग सम्बन्धित पुस्तक राखिएका छन् । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरा पर्यटकीय रुपमा मात्र नभइ कला र संस्कृतिमा पनि धनी रहेको भन्दै प्रशंसा गर्नुभयो । 

सो कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर गायकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जीवनप्रसाद आचार्य, स्व झलकमान गन्धर्व सालिक निर्माण समितिका अध्यक्ष ताराप्रसाद तिमिल्सिना, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष भोजबहादुर गायक, सल्लाहकार भीमबहादुर गायक, उपाध्यक्ष दिनेश गायक लगायतले पर्यटन वर्षलाई सफल बनाउन कला र संस्कृतिलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता