२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा विभिन्न आरोपका ४ जना पक्राउ

१२ पुष २०७५, बिहीबार ०६:००

पुस १२, मङ्गलबारे | इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

यसैगरी जिल्ला अस्पताल इलाममा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले माईजोगमाई गापा–४ की सामना लिम्बू र इलाम नगरपालिका–९ का २२ वर्षीय राजन राईलाई पक्राउ गरेको छ । 

ड्यूटीमा रहेका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनीहरूलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले अस्पतालका कर्मचारीको नाम गोप्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा