२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

प्रदेश नं ३ को यी १० जिल्लामा शीत भण्डार बन्दै

२०७५, १७ पुष मंगलवार ०७:४२

पुस १७, हेटौंडा | प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र काभ्रेमा गरी प्रदेशका १० जिल्लामा १३ वटा शीतभण्डार सञ्चालन गरिने छ । एउटा शीतभण्डार निर्माणमा रु चार करोड लगानी लाग्ने र त्यसमध्ये स्थानीय तह, सहकारी एवं निजी क्षेत्र तथा स्वयं किसानलाई समेत केही प्रतिशत लगानी गर्न प्रेरित गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो । 

लामो समयदेखि किसानले शीत भण्डारको स्थापनाको माग राख्दै आएका थिए । शीतभण्डारको अभावमा किसानको लाखांै मूल्यको तरकारी तथा फलफूल कुहिने गरेको थियो । अब किसानको उत्पादनले बजार नपाउञ्जेल तथा उचित मूल्य नआउञ्जेल तरकारी तथा फलफूल शीतभण्डारमा राख्न मिल्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो । “तरकारी किसानकै, फलफूल किसानकै, लगानी किसानकै, मुनाफा किसानकै” मन्त्री लामाले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने