सन्तोषकुमार गुप्ता/ चैत १५, भालुवाङ्ग । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान सकिएको छ । बिहान ८ बजे देखि साँझा ५ बजे सम्म चलेको मतदानमा जम्मा ६ सय ७९ मत खसेको निर्वाचन समितीले जनाएको छ । समितीको कुल मतदाता संख्या ९ सय ५५ रहेको भए पनि मतदान अबिधि सम्म जम्मा उक्त मत खसेको निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिएका छन् ।
गत फागुन २९ गते समितीको सम्पन्न चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति हुन नसके पछि आज निर्वाचन प्रक्रियामा लगिएको हो । राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको सभाहलमा मतदान केन्द्र राखिएको छ । मतदान सकिए संगै आज करिब राती करिब ७ बजे देखि मतगणा शुरु गर्ने र राती १२ बजे सम्म बिजय उम्मेद्धार घोषणा गर्ने संयोजक कुमालले बताए । मतदान कार्यक्रम सौभाद्रपूर्ण बातावरणमा मतदाताको उत्साहित सहभागिताका साथ सम्पन्न भएको निर्वाचनमा समितीले जनाएको छ ।
निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक प्यानलका उपाध्यक्षमा प्रकाश बस्नेत, सचिवमा बाबुराम थापा र कोषाध्यक्षमा चन्द्रप्रकाश आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा हुमीकुमारी राना, शारदाकुमारी केसी, ऋषिराम बस्नेत, किशोरकुमार जिसी, नेत्रप्रसाद बेल्बासे, रामलाल कालाथोकी र आत्माराम पोख्रेल रहेको निर्वाचन समितीले जनाएको छ ।
त्यस्तै एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको समर्थन रहेको अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानलको उपाध्यक्षमा गिरबहादुर घर्ती, सचिवमा मञ्जुर मियाँ र कोषाध्यक्षमा अनन्तराज पौडेल रहेका छन् । त्यस्तै महिला सदस्यमा कमला तामाङ्ग, मिनाकुमारी जैसी, अन्य सदस्यहरुमा प्रेमप्रसाद सुवेदी, भिमलाल न्यौपाने, ऋषिराम पौडेल, गंगा गिरी र बिमल शर्मा चुनावी मैदानमा छन् ।