२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका अधिकांश शिक्षित परिवारका महिला छाउगोठमा

२०७५, २९ पुष आईतवार ०८:५३

हेमन्त केसी | पुस २९,जाजरकोट | जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । 

देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ । 

परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो गर्न बाध्य भएको शिक्षित परिवारले नै बताएका छन् । छाउगोठ बस्दा चिसोले समस्या हुने गरेको पीडित महिलाहरू बताउँछन् । 

जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा समेत महिनावारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । 

विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारीरिक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या भएको छ । शिक्षकले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन नसक्दा व्यवहारमा लागू हुन नसकेको हो । 

उमेर बढ्दै जाँदा शरीरमा देखापर्ने विभिन्न खालका परिर्वतनका विषयमा शिक्षकले कक्षामा पढाउन खोज्दा छात्रा टाउको निहुर्याएर बस्ने र छात्रहरूले हाँसेर उडाउँदा कक्षा नियन्त्रण गर्न समस्या हुने गरेको शिक्षक बताउँछन् । 

विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकले घरमा लागू गर्न नसक्नु अर्को दुर्भाग्य भएको नागरिक अगुवा शाहको भनाइ छ । जिल्लाको जुनिचाँदे गाउँपालिका–४ लहादहकी १९ वर्षीया सावित्रा केसीलाई महिनावारी हुँदा गोठमा बस्दा मृत्यु भएको समाचार रेडियोमा सुन्दा प्रत्येक महिनावारीमा डर लाग्ने गर्छ । 

आफू पनि चिसोका कारण कतै केही हुने त होइन भन्दै सधैँ मुटु काँप्ने गरेको उहाँको भनाइ छ । त्यस्तै गाउँपालिका मजकोटकी कौशिला कार्की भन्नुहुन्छ, “बर्सेनि महिनावारीका समयमा ७ दिनसम्म घरको आँगनसम्म छुन पाउँदिन, घरको काम भने सबै गर्नुपर्ने बाध्यता छ ।” कार्की थप्नुहुन्छ, “महिनावारीका समयमा पोषिलो खाना, तातो पानी लगायतका कुरा खानुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि देवता रिसाउँछन् भन्ने मान्यताका कारण घरका मालिकबाट दही, दूध, घिउ खान त के हेर्नसम्म नपाउने अवस्था छ । ” 

यता देउता रिसाए आँखा, कान, फुटाउँदै घोर अनिष्ट हुने उहाँको मस्तिष्कमा सामाजिक छाप परेको छ भने अर्कातिर महिनावारीका बेला चिसोले ज्यान जाने त्रासका साथै यौन दुव्र्यवहारमा परिन्छ कि भन्ने सधैँको पिरलो पनि छ । 

जिल्लाका दुर्गम गाउँमा महिलामा महिनावारी र सुत्केरी हुँदा घरभित्र नबस्ने, सरसमान छुनु हुँदैन भन्ने चलन कायम हुँदा यहाँका महिलाहरूले महिनैपिच्छे पीडा भोग्नुपरेको छ । सुत्केरी भएको बेला २२ दिन र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्नुपर्ने बाध्यता छ । 

छाउपडीलाई महिलाहरूले सामाजिक दवाबका कारण निरन्तरता दिन बाध्य छन् । यस्तो समस्या ग्रामीण शिक्षित र अशिक्षित महिलामा धेरै रहेको जुनिचाँदेका स्थानीय रेशम खड्का बताउनुहुन्छ । 

जिल्लाका अन्य ठाउँमा सुत्केरी हुँदा छुट्टै छाउगोठ नभए पनि गाईभैँसी बाँध्ने ठाउँको एक कुनामा स्थान बनाई बस्ने चलन छ । सुत्केरीदेखि महिनावारी हुँदासम्म गोठको एक कुनामा बस्ने चलन अहिले पनि कायमै रहेको ग्रामीण क्षेत्रका महिलाहरू बताउँछन् । 

नुनको धुलो र सुख्खा रोटीसँग ७ दिनसम्म बिताउनुपर्ने बाध्यता रहेको दुखेसो उनीहरूको छ । दुई तलाको घरमा तल्लो तलामा गाईभैँसी बाँध्ने गरिन्छ भने माथिल्लो तलामा मानिसहरू बस्ने गर्दछन् । गाईभैँसीको मल, मुत्र रहेको ठाउँमा बस्दा दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आउने गरेको बारेकोट गाउँपालिका–७ की पार्वती विकले बताउनुभयो । 

पढेलेखेका विद्यार्थी पनि परिवारको दवाबमा छाउ बार्न बाध्य छन् । द्वन्द्वकालमा समेत छाउपडी प्रथा हटाउन ठुलो प्रयास भएपनि नसकिएको तत्कालीन जनसरकार प्रमुख टेकबहादुर रावलले बताउनुभयो । “जबसम्म हाम्रो दिमागमा देवीदेवतासम्बन्धी मान्यता रहन्छ, तबसम्म यस्ताखालका सामाजिक कुरीतिसँग लड्न ठुलो बल प्रयोग गरेपनि सम्भव कम हुन्छ”, उहाँले भन्नुभयो । जिल्लाको जुनिचाँदे गाउँपालिकाले यो प्रथा उन्मूलन गर्न विभिन्न अभियान सुरु गरेपनि परिणाम आउन नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक