हाईड्रोपावरमा मजदुरको चरम श्रम शोषण, मजदुरहरु पाँच दिनदेखि धर्नामा

Posted on: 23 Sep, 2015
असोज ६, पर्वत । पर्वतको तल्लो मोदीखोला हाईड्रोपावर कम्पनिमा कार्यरत मजदुरहरुलाई सेवासुविधा नदिई चरम श्रमशोषण गर्दै आएको खुलासा भएको छ । hidropower प्रशासनिक काम रोकिएको छ । कम्पनिले खासगरी तल्लो ओहोदामा कार्यरत कर्मचारीहरुलाई थोरै रकम दिई काममा खटाउदै आएको आरोप खेपेको छ । मजदुरहरुसँग दुई वर्ष पहिले करारमा सम्झौता गरी २०७२ साउन १ बाट सेवासुविधा वृद्धि गर्ने मौखिक सहमति भए पनि कुनै सुनुवाई नभएको मजदुरहरुको दावी छ । आफ्नो मागको सुनुवाई नभएपछि मजदुरहरु केही दिनदेखि धर्ना र आन्दोलनमा छन् । हाईड्रो पावरको सुरुङ खन्ने काम अवरुद्ध छ भने उच्च ओहोदाका कर्मचारीलाई खाना खुवाईने किचेन बन्दछ । हाईडूोपावर कम्पनिले भने मागलाई वेवास्ता गर्दा मजदुरले श्रम र पसीनाको मूल्य पाउन सकेको छैनन् । हाईड्रोपावरको ठेकेदार कम्पनि साउथ एशियान इन्फ्राटक्चर र मनाङ टेूडकम्पनि दुवैले मजदुरहरुलाई न्यून रकममा खटाउदै आएका छन् । ठेकेदारले न्यून ज्यालामा काम गराउने मजदुरको संख्या करीव दुई सयको संख्यामा छ भने मनाङ टूेड लिङ्कमा दर्जन बरावर छन् । मजदुरको तलव न्यूनतम ५४०० देखि ११००० रुपैयासम्म रहेको छ । सेक्युरिटी गार्डको बेसिक तलव ५४०० रुपैया भएको मजदुर प्रेम बहादुर क्षेत्रीको भनाई छ । यो न्यून तलव दुई वर्षभन्दा पहिले निर्धारण गरेको सेक्युरिटी गार्ड प्रेम बहादुर क्षेत्री बताउँछन् । उनका अनुसार सेवासुविधाको नाममा केही दिईएको छैन । कम्पनिमा सेक्युरिटी ईन्चार्ज भई काम गर्दै आएका हरिनारायण गिरीले आफू ड्युटीमै छदा रातीको समयमा बेहोस् भई लडेको र उपचारको क्रममा दुई लाख खर्च गरेको तर कम्पनिले कुनै आर्थिक सहयोग नगरेको भनी दुःखेसो पोखे । कम्पनिमा एक वर्षदेखिको तलव समेत नपाएको गुनासो गर्ने कर्मचारीको समेत कमि छैन । कम्प्यूटर अपरेटरको रुपमा कार्यरत निरु पोख्रेलले एक वर्षदेखिको तलव नपाएको गुनासो पोख्छिन् । कर्मचारीहरुको तलव कम्पनिका सुरक्षा गार्ड ईन्चार्ज, गार्ड, प्लम्वर, भान्से, किचेन हेल्पर, कम्प्यूटर अपरेटर, अफिस गर्ल, डूाईभर, लगायतका कर्मचारी सेवासुविधा थप गर्नुपर्ने भन्दै धर्ना बसेका छन् । मंगलवारका दिन मजदुरहरु, सरोकार समितिका सदस्य, कम्पनिका प्रतिनिधि सुरेन्द्र बेलवासे र डिमुवा प्रहरी चौकीका प्रहरी ईन्चार्ज विच सेवासुविधाको विषयमा वार्ता भएको थियो । धेरैवेरसम्म भएको वार्ता सहमतिमा टुंगिन नसकेको मजदुरहरुको बताउँछन् । विगत ४ वर्षदेखि हाईड्रोपावरकर्मचारीहरुले आफ्नो तलव र सेवासुविधा वृद्धिको माग गर्दै पटक पटक निवेदन दिदै आए पनि कम्पनिले कुनै सुनुवाई नगरेको कर्मचारीहरुको गुनासो छ । विगत चार वर्षदेखि मनाङ टूेड लिङ्क कम्पनिको हाईडूोमा काम गर्दै गरेका एक दर्जन कर्मचारीहरु धर्नामा बसेका छन् । मुलुकका धनाढ्यवर्गमा पर्ने ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड लगायतको ३ अर्व ६० करोड शुरुवाती लगानीमा हाईडूोपावरको योजना अगाडि बढेको हो । अरवौको लगानीमा शुरु गरिन लागेका हाईड्रो कम्पनिमा सामान्य काम गरिखाने मजदुरको तलव भने न्यून छ । कम्पनिले दिएको न्यून तलवबाट सामान्य घरखर्ची धान्न नसकेपछि मजदुरहरु आन्दोलनमा उत्रेका हुन् । यतिखेर कम्पनिको क्वार्टरमा भात पकाउन मजदुरले छाडेपछि कम्पनिको उपल्लो ओहोदाका हाकिमहरु होटलमा खाना खान बाध्य भएका छन् । चारवर्षभित्र सम्पन्न भईसक्नुपर्ने बताईएको २० मेघावाट क्षमताको तल्लोमोदी खोला हाईडूोपावर कम्पनि पटक पटक विवादमा मुछिदै आएको छ । हाईड्रोपावरले आयोजना ०६८ मा शुरु गरेको हो । यसअघि कम्पनिको सरोकारवाला समितिसँग मुआव्जाको सम्वन्धमा विवाद रहेको थियो । हाईडूोपावरको ५५ प्रतिशत काम पुरा भएको बताइन्छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!