२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबेँसी–आरुघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

५ माघ २०७५, शनिबार ०७:१७

माघ ५, धादिङ | निर्माण सम्झौताको समय सकिएपछि ठेकेदार कम्पनीले सडक चौडा बनाउन दैनिक चार घण्टा सडक अवरुद्ध गर्ने सूचना प्रकाशित गरेको छ । धादिङबेँसी–आरुघाट सडकखण्डको गोलाभञ्ज्याङदेखि टारीबँेसीसम्मको सडक आजबाट दैनिक चार घण्टा बन्द गरिएको हो । 

धादिङबेँसी आरुघाट सडकखण्डअन्तर्गत नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङदेखि टारीबेँसीसम्म सडक चौडा गर्नका लागि दैनिक चार घण्टा बन्द गरिएको धादिङबेँसी–आरुघाट–गोरखा सडक आयोजना एवं लामा कन्सट्रक्सनले सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ । 

आजदेखि शुरु भएको सडक चौडा गर्ने काम माघ २८ गतेसम्म चल्नेछ । तबसम्म हरेक दिन मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्ड बन्द रहने छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७३ पुस १४ मा सडक निर्माण सम्झौता भएको थियो । निर्माणाधीन यस सडकखण्डमा ठेकेदार कम्पनीले काममा ढिलाइ गरेका कारण सडक अस्तव्यस्त बनेको छ । 

आगामी असार मसान्तसम्ममा काम सम्पन्न गर्ने कार्य पुनः शुरु गरिएको छ । सर्वसाधारणको सुविधाका लागि निर्माण भइरहेको सडक समयमै निर्माण हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदै आइरहेको छ । कूल रु ७० करोड ११ लाख ७३ हजारमा काम सम्पन्न गर्ने गरी लामा कन्स्ट्रक्सनले कालोपत्र गर्ने जिम्मेवारी लिएको थियो । 

सडकको निर्माण सम्पन्न भए जिल्लाको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामान लैजान र त्यस क्षेत्रको कृषिउपज बिक्रीका लागि सदरमुकामसम्म ल्याउनसमेत सजिलो हुनेछ । यस सडकमा हालका दिनमा दैनिक पाँच सयको हाराहारीमा सवारीसाधन सञ्चालन हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य