बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका एक पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

माघ ७, डोल्पा | डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौँमा लुकिछिपी बस्दै आए पनि केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश विष्टले जानकारी दिनुभयो ।

विभिन्न तथ्यका आधारमा थापाको पनि संलग्नता रहेको पुष्टि भएर जिल्ला अदालत डोल्पाले २०७५ साल असार १ गते गरेको फैसलाअनुसार रु एक लाख जरिवाना तीन वर्ष कैदको सजाय सुनाइए पछि उनी फरार रहेका थिए ।

उनी दुई वर्ष अगाडि डोल्पो बुद्ध गाउँपालिका धोमा पर्ने गाकर गुम्बा र मेखिम गुम्बाबाट हराएको तीन थान मूर्ति र एक थान बुद्धधर्मालम्बीको मन्त्र भएको सयौँ वर्ष पुरानो मूर्तिमा संलग्नता भएको आरोपमा पक्राउ परेका हुन् ।

धावालाई आइतबारनै जिल्ला अदालतमा पेश गरी जेल चलान गरी अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न सोनाम ढाक्पा गुरुङ र धावा गुरुङलाई दुई वर्षअघिनै प्रहरीले पक्राउ गरेको थियो ।

मूर्ति चोरी भएको केही दिनभित्रै पक्राउ परेका सोनाम ढाक्पा र धावाले अदालतको फैसलाअनुसार कैद भुक्तान गरिसकेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

उनीहरुबाट प्रयोग भएको तीन नाल पेस्तोल, २३ राउण्डगोली, तीन थान खोका र चोरी भएको दुई थान मूर्तिसहित बरामद गरिएको थियो ।

उपल्लो डोल्पालीको आस्थाको धरोहरको रुपमा रहेका विभिन्न बौद्ध गुम्बामा चोरी गरेको आरोपमा एक महीनायता मात्रै छ व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply