२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ओडारमा हराएका दुई मृत अवस्थामा फेला, अझै २५६ भेडाबाख्रा भेटिएनन्

१८ माघ २०७५, शुक्रबार ०३:२२

माघ १८, धादिङ (रासस) | रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । 

गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरी बल धादिङबँेसी गुल्म प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो । 

ओडारभित्र फसेका दुवैको ठूलो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । खोजी कार्यमा प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो । स्थानीयवासी र आफन्तले पनि खोजी कार्यमा प्रहरीलाई साथ दिएका थिए । 

पहिरोमा पुरिएका २६० भेडाबाख्रामध्ये जम्मा चार भने जीवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ । उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयका टोलीले जेनेरेटरको माध्यमबाट भाइब्रेसन गराई ढुङ्गा फुटाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य