२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संविधानको पालना र संरक्षण गरेमात्रै मानवअधिकारको रक्षा हुन्छ : भट्टराई

२०७२, २४ मंसिर बिहीबार ०८:२१

मंंसिर २४, पर्वत / संविधानको पालना र संरक्षण गरेमात्रै मानवअधिकारको रक्षा हुने पर्वत अदालतका न्यायधिस मोहनराज भट्टराईले बताएका छन् । “मान्छेले अधिकारका कुरा गर्छ तर आफै उल्लघन गर्छ जसका कारण अधिकारको प्रत्याभूति हुन सकेको छैन, अधिकार खोज्नेले कर्तव्यको पालना गरौ, कानूनको सम्मान गरौं तब मात्र मानवअधिकारीको संरक्षण हुन्छ” भट्टराईले भने ।

raj

लोकतन्त्र, मानवअधिकार र समावेशिता, राज्यको सवै क्षेत्र, तहमा समान महिला सहभागीता भन्ने नाराका साथ ६७औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा पर्वतमा आयोजित “नेपालको संविधान २०७२ मा मानवअधिकारको व्यवस्था” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सवै नेपालीले अधिकार र कर्तव्य दुवैको पालना गरे मानवअधिकारको रक्षा हुने र समृद्ध नेपाल बन्ने भट्टराईले विश्वास व्यक्त गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले मानवअधिकारको बारेका संविधानले सवै अधिकार प्रत्याभूति गरेको र संयुक्त राष्ट्रसंघले घोषणापत्रमा उल्लेख कुरा भन्दा बढी अधिकार दिएका कारण संविधानको पालना र कार्यन्वयन गर्न सकेमा मुलुकमा दिगो विकास हुनुका सार्थ समृद्धि तर्फ लम्कने विश्वास व्यक्त गरे ।

गैसस महासंघ नेपाल पर्वत, नागरिक संजाल पर्वत, काहुराष्ट्र पर्वत, पर्वत जिल्ला बार इकाइ, इन्सेक पर्वत, मानवअधिकार एलायन्स, मानअधिकार निगरानी समुह पर्वतको आयोजनामा उक्त कार्यक्रम संचालन भएको थियो । सयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९८४ पारित भएको दिनलाई विश्व मानवअधिकार दिवसका रुपमा विश्वभर उल्लासपूर्वक मनाइने गरिन्छ । यस बर्षको मानवअधिकार दिवस “आवर राइट्स, आवर फ्रिडम अल्वेज” भन्ने मुल नाराका साथ विश्वभरी मनाइएको हो । पर्वत बार इकाइका अध्यक्ष विश्वराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचाल इन्सेक पर्वतका प्रतिनिधि किशोर सापकोटाले गरेका थिए ।

यता राष्ट्रपति विद्या देवी भण्डारीले मानवअधिकार दिवसको अबसरपारी देशवासीको नामा शुभकामना सन्देश प्रवाह गरेकी छिन् । संयुक्त राष्ट्रसङ्घले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय अनुबन्ध र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय अनुबन्ध पारित गरेको ५०औँ वर्षगाँठ विश्वभर मनाइरहेको यस वर्ष मानवअधिकारले ओतप्रोत नेपालको संविधान जारी हुनु नेपालीका लागि गौरवको विषय भएको राष्ट्रपति भण्डारीले भनेकी छन् ।

नेपालको संविधान मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चितालाई जोड दिएको सन्देशमा उल्लेख छ । द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर हननका विषयका सम्बन्धमा सत्यतथ्य जनतामा ल्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसमेत गठन भई क्रियाशील रहेको र यसले नेपालमा मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनको प्रक्रिया अझ सुदृढ हुने कुरामा आशावादी बनाएको सन्देशमा उल्लेख छ ।

– See more at: http://sajhasabal.com/blog/news/haf/#sthash.SiEEVyUF.dpuf

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो