2026-09-14 04:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना

दुर्गा देवकोटा । माघ २९, लम्की । कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मियो । त्यसपछि ३० वर्ष नपुग्दै उनका चार सन्तान भए । सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका कारण उनको स्वास्थ्यमा समस्या सिर्जना भयो । 

पार्वतीले ३५ वर्षकै उमेरमा पाठेघर फाल्नुपरेको घटना सुनाउँदै भनिन् – “त्यो बेला सानैमा विवाह गरिदिए । सानै उमेरमा गर्भवती भएकै कारण मेरो पाठेघर फाल्नुपर्यो ।” त्यतिखेर पोषिलो खानेकुरा खान पाएको भए, विवाहपछि पनि विद्यालय पढ्न पाएको भए जीवन फरक हुन्थ्यो होला भन्ने उनलाई अहिले पनि लाग्छ । अहिले ४५ वर्ष पुगेकी पार्वतीले भनिन् – “कक्षा ७ मा पढ्दा पढ्दै विवाह भयो । विवाह पछि पढ्न पाइएन ।” अहिले उनलाई कम्मर दुख्ने, आ“खा कम देख्ने, हातखुट्टा दुख्ने जस्ता समस्याले सताइरहन्छन् । नियमित काम पनि गर्न कठिन रहेको र औषधिको सहारामा बाँचेरहेको उनी बताउँछिन् । 

लम्कीकी धना जैसीको पनि महिनावारी नहुँदै १३ वर्षको उमेरमा विवाह भएको थियो । धना १३ वर्षकी हुँदा उनका श्रीमान् रघुनाथ जैसी १५ वर्षका थिए । विवाह लगत्तै धना गर्भवती भइन् । त्यसपछि उनका श्रीमान् रघुनाथ धन कमाउन भारत गए । भारतमा उनले गाडी चालकको काम गर्थे । वर्षमा एकपटक घर आउँथे । धनाले लगातार नौ बच्चा जन्माइन् । पाँच बच्चाको स्याहार र उपचार नपाएर बाँचेनन् । उनका चार बच्चाले राम्ररी पढ्न लेख्न पाएनन्् । उनले भनिन् – “श्रीमान्को कमाइले घर चलाउनै धौधौ भयो । कसरी छोराछोरी विद्यालय पठाउनु ? वरिपरिका हुनेखाने परिवारका बच्चाहरु त पढ्न जान्थे । मेरा केटाकेटीले त पेटभरि खान पनि पाएनन् ।” 

जोशीपुरकी रमिला चौधरीले विद्यालय पढ््दापढ्दै प्रेम गरेर १५ वर्षमै भागी विवाह गरिन् । विवाह भएको डेढ वर्षमै छोरी जन्मिइन् । रमिला भन्छिन् – “परिपक्व उमेर नभएरै बच्चा जन्माएका कारण त्यसपछि गर्भ रहन सकेन । निरन्तर रक्तस्राव हुन थाल्यो । उपचारका लागि भारतको बरेली गयौं । डाक्टरले पाठेघर फाल्न सल्लाह दिए ।” उनी अगाडि भन्छिन् – “मेरो त आ“खा अगाडि पूरै अँध्यारो भयो । पाठेघर नफाले क्यान्सर हुनसक्ने भनेपछि २१ वर्षकै उमेरमा पाठेघर फालेर आएँ ।” त्यसपछि रमिलाका श्रीमान् उनीसँग रमाउन छोडे । उनले छोरा चाहिन्छ भन्दै अर्को विवाह गरे । उनी भन्छिन् – “पढ्ने समयमा पढिनँ । अब केही काम गर्न पनि सक्दिनँ । छोरा जन्माउन पनि नसक्ने भएपछि श्रीमान्को निर्णय स्वीकार गरें । अहिले सहेर बसेकी छु । सानै उमेरमा गरेको विवाह अभिशाप भएको छ ।” 

कलिलै उमेरमा विवाह गरेका कारण सुदूरपश्चिममा यस्ता थुप्रै महिलाको जीवन दुःखदायी भएको छ । अहिले पनि सुदूरपश्चिममा बालविवाह हुने गरेको छ । बालविवाहका कारण पुरुषलाई आर्थिक भार बढ्न पुग्छ भने महिलाको शारीरिक, मानसिक विकास अवरुद्ध हुन जान्छ । अझ महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुने गरेको छ । बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यान समेत जाने गरेको छ । 

अधिकारकर्मी कल्पना उपाध्याय सानै उमेरमा विवाह गर्दा महिलालाई शारीरिक, आर्थिक सबैखाले समस्या हुने गरेको बताउँछिन् । उनका अनुसार अझ सुत्केरी अवस्थामै गह्रौ भारी बोक्नुपर्ने, दैनिक काममा जोतिनुपर्ने जस्ता समस्याले स्वास्थ्यमा गम्भीर समस्या हुने गरेको छ । उपाध्याय भन्छिन् – “सानै उमेरमा गरिने विवाहका कारण विद्यालय छाड्नु परेको छ । शारीरिक र मानसिक अवस्थामा परिपक्व नहुँदै घरपरिवार र बच्चाको जिम्मेवारी उठाउनु परेको छ । यसकारण उनीहरुका बालबालिकासमेत आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित भइरहेका छन् ।” 

अर्का अधिकारकर्मी कमला केसी बालविवाहले महिलामाथि हिंसा बढाइरहेको बताउँछिन् । केसी भन्छिन् – “शिक्षा र रोजगारी नभएका कारण महिलामाथि थप हिंसा भइरहेको छ ।” 

कानूनले तोकेअनुसार २० वर्ष उमेर पुगेपछि मात्र किशोरकिशोरीहरु शारीरिक र मानसिक रुपमा परिपक्व हुन्छन् । उनीहरुमा हरेक किसिमको निर्णय लिन सक्ने क्षमताको विकास त्यसपछि मात्र हुने गर्छ । उमेर नपुग्दै विवाह गर्दा महिलामा मानसिक, शारीरिक, आर्थिक सबै खाले समस्या हुने गरेको टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले बताइन् । 

बालविवाह अन्त्यका लागि थुप्रै कानूनी तथा नीतिगत प्रावधानहरु बनेका छन् । सविधानले कानून विपरीत कार्य गर्नेलाई सजाय गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ । बालविवाह न्यूनीकरणका लागि थुप्रै सङ्घसंस्थाहरु लागिपरेका भए पनि बालविवाह हुने क्रम नरोकिएको सिनियर अहेब शकुन्तला रोकाया बताउँछिन् । रोकायाका अनुसार स्वास्थ्य संस्थामा अहिले पनि सुत्केरी हुने ३० प्रतिशत आमाहरु २० वर्षमुनिका रहेका छन् । 

नेपालको कानूनअनुसार २० वर्ष उमेरभन्दा अगाडि गरिने विवाह बालविवाह हो । उमेर नपुगी भएको विवाहलाई गैरकानूनी र दण्डनीय कार्यका रुपमा परिभाषित गरिएको छ तर, समाजमा अझै पनि बालविवाहको अभ्यास हँुदै आएको छ । युनिसेफले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ३७ प्रतिशतले १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाह उच्च हुने दक्षिण एशियाली देशहरुमध्ये नेपाल तेस्रो स्थानमा पर्छ । नेपालको अन्य ठाउँको तुलनामा सुदूरपश्चिम प्रदेशमा बालविवाह बढी हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजारको हाराहारीमा बालविवाह हुने गरेका छन् । नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र दिगो विकास लक्ष्य अनुरुप सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले