२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा एक महिने सुत्केरीको हत्या, श्रीमानसहित २ जना पक्राउ

२०७५, २९ माघ मंगलवार ०९:१३

माघ २९, काठमाडौं । महोत्तरीमा एक महिने सुत्केरी महिलाको हत्या भएको छ । जिल्लाको मनरासिसबा नगरपालिका–८ सहसराम निवासी मनोजकुमार महतोकी श्रीमती २१ वर्षीया धनमन्ती देवीको हत्या भएको हो । घटनाको विषयमा प्रहरीलाई जानकारी नगराई हतार–हतार शव जलाउने तयारी गरेकाले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले पतिसहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनमन्ती पति मनोज र जेठानी अनिता देवी रहेका छन् ।

आइतबार बिहान धनमन्तीको हत्या गरेर हतार–हतार शव जलाउने तर्खरमा रहेको बेला माइती पक्षले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले धनमन्तीको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको थियो । मृतक धनमन्तीको घाँटी र पाखुरामा निलडाम देखिएकोले उनको हत्या नै गरेको माइती पक्षको दाबी छ ।

ससुराले सुरुमा बुहारी ओछ्यानमै आइतबार बिहान मृत फेला परेको माइतीपक्षलाई बताए पनि प्रहरीलाई भने पासो लगाएर धनमन्तीले आत्महत्या गरेको बयान दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश