Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङ, कैलाली, काठमाडौँ, कपिलवस्तु, कास्की र रुपन्देहीका यातायात मजदुरलाई प्रशिक्षण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १, रुपन्देही (रासस) | पेशागत अधिकारबारे सचेत बनाउने उद्देश्यले ६ जिल्लाका यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिइएको छ ।

अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठन र जर्मनी संस्था एफइएसको संयुक्त आयोजनामा मङ्गलबारदेखि सञ्चालित प्रशिक्षणमा २५ यातायात मजदुरको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा दाङ, धनगढी, काठमाडौँ, कपिलवस्तु, कास्की र रुपन्देहीका यातायात मजदुरको सहभागिता छ ।

यातायात क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक र राजनीतिक संवादको माध्यमवाट नेतृत्व विकासका लागि सशक्तीकरण गर्नु प्रशिक्षणको उद्देश्य रहेको जर्मनी संस्था एफइएसकी नेपाल प्रतिनिधि समीरा पौडेलले बताउनुभयो ।

सन् १८९६ मा स्थापना भएको अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठनमा १३९ राष्ट्रका दुई करोड मजदुर र ६७७ युनियन आवद्ध रहेको साउथ एशियाकी युवा संयोजक आरती असधितले जानकारी दिनुभयो ।