२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटनमा यातायात अवरुद्ध

१० फाल्गुन २०७५, शुक्रबार ११:३९

फागुन १०, बलेवा | नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । 

हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्णरुपमा बन्द भएको स्थानीयवासी कमल भण्डारीले जानकारी दिनुभयो । 

बूर्तिवाङदेखि फलियाघरसम्म यातायातका साधन पुग्ने गरे पनि त्यसमाथि हिउँका कारण जान सकेका छैनन । हिउँ नपग्लेको क्षेत्रभित्र ढोरपाटन शिकार आरक्षको कार्यालय, तिब्बतीय शरणार्थी क्याम्प तथा खाल्टेखुल्टे, छेमतुङ, भार्ति, लामाखोरिया, स्यालपाखे, बिजुरेखोला, उत्तरगङ्गा, असौजे, नदी, भूजी, कोमा, विगा, मस लगायतका बस्ती छन् । 

अत्याधिक चिसोको कारण स्थानीय सातवटा विद्यालयमा विद्यार्थीको उपस्थिति समेत न्यून रहेको ज्योतिविकास आधारभूत विद्यालयले जनाएको छ । चिसोकै कारण छेन्तुङ र विजुरेको बालविकास केन्द्र बन्द छन् । 

पैदल यात्रालाई समेत कठिन हुने गरी बाटोमा हिउँ जमेपछि जाडो छल्न असोज, कात्तिकमा बँेसी (बोवाङ, अधिकारीचौर) झरेका स्थानीयवासीले घर फर्कन सकेका छैनन । समयमै फर्कन नसक्दा आलुखेती उठाउन समस्या हुने बताइएको छ । ढोरपाटन क्षेत्रका स्थानीय जाडो छल्न हरेक वर्ष बस्तुभाउसहित ढोरपाटन र बोवाङ्, अधिकारीचौर, नौथर क्षेत्रमा घुम्ती बसाइँसराइ गर्ने गरेका छन् । यातायात सम्पर्क पूर्णरुपमा विच्छेद भएपछि खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै