२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटनमा यातायात अवरुद्ध

२०७५, १० फाल्गुन शुक्रबार ११:३९

फागुन १०, बलेवा | नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । 

हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्णरुपमा बन्द भएको स्थानीयवासी कमल भण्डारीले जानकारी दिनुभयो । 

बूर्तिवाङदेखि फलियाघरसम्म यातायातका साधन पुग्ने गरे पनि त्यसमाथि हिउँका कारण जान सकेका छैनन । हिउँ नपग्लेको क्षेत्रभित्र ढोरपाटन शिकार आरक्षको कार्यालय, तिब्बतीय शरणार्थी क्याम्प तथा खाल्टेखुल्टे, छेमतुङ, भार्ति, लामाखोरिया, स्यालपाखे, बिजुरेखोला, उत्तरगङ्गा, असौजे, नदी, भूजी, कोमा, विगा, मस लगायतका बस्ती छन् । 

अत्याधिक चिसोको कारण स्थानीय सातवटा विद्यालयमा विद्यार्थीको उपस्थिति समेत न्यून रहेको ज्योतिविकास आधारभूत विद्यालयले जनाएको छ । चिसोकै कारण छेन्तुङ र विजुरेको बालविकास केन्द्र बन्द छन् । 

पैदल यात्रालाई समेत कठिन हुने गरी बाटोमा हिउँ जमेपछि जाडो छल्न असोज, कात्तिकमा बँेसी (बोवाङ, अधिकारीचौर) झरेका स्थानीयवासीले घर फर्कन सकेका छैनन । समयमै फर्कन नसक्दा आलुखेती उठाउन समस्या हुने बताइएको छ । ढोरपाटन क्षेत्रका स्थानीय जाडो छल्न हरेक वर्ष बस्तुभाउसहित ढोरपाटन र बोवाङ्, अधिकारीचौर, नौथर क्षेत्रमा घुम्ती बसाइँसराइ गर्ने गरेका छन् । यातायात सम्पर्क पूर्णरुपमा विच्छेद भएपछि खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल