२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको एक गाउँमा जिउँदा जन्ती, मर्दा मलाम जाने मानिससमेत छैनन्

१२ फाल्गुन २०७५, आईतवार ०८:२२

फागुन १२, गलकोट (रासस) | बसाइँसराइले सामाजिक काम र बाँझो जमीनको कुरै छाडौँ, बागलुङको एक गाउँमा जिउँदा जन्ती मर्दा मलाम जाने मानिससमेत छैनन् । जिल्लाको गलकोट नगरपालिका–७ (साविक मल्म गाविस– ९) स्थित टोकरी गाउँ बसाइँसराइका कारण रित्तिएको छ । 

गाउँको खेतीयोग्य अधिकांश भूमि बाँझो छ भने पाखापखेरा रुख बिरुवाले भरिएका छन् । गाउँनै सुनसान छ । गाउँमा अहिले वृद्धवृद्धा तथा बालबालिका पनि न्यून मात्रमा देखिन्छन् । टोकरीका स्थानीयहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत भौतिक पूर्वाधारको खोजीमा बसाइँसराइ गर्दा गाउँनै रित्तिएको स्थानीयहरूले बताएका छन् । चालीस घर रहेको टोकरी गाउँमा बसाइँसराइका कारण अहिले १३ घरमा मात्र स्थानीय बसोबास गर्दै आएका र बाँकी घर खण्डहर जस्तै भएको स्थानीय गङ्गाबहादुर थापाले बताउनुभयो । “बसाइँसराइले गाउँनै खाली हुन लाग्यो, मर्दा पर्दा अगाडि सरेर काम गर्ने कोही छैनन्”, थापाले भन्नुभयो, “मर्दा शव उठाउने युवाहरू समेत नहुँदा महिलाहरूले शव बोक्नुपर्ने अवस्था छ ।” 

टोकरीका अधिकांश युवाहरू जापानलगायतका मुलुकमा जाने र शहर बजारमा घर खरीद गर्दा बसाइँसराइ बढेको हो । टोकरीका स्थानीयबासिन्दा नगरपालिकाको केन्द्र रहेकोे हटिया, जिल्ला सदरमुकाम बागलुङ, पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायतका क्षेत्रहरुमा बसाइँसराइ गर्ने गरेका छन् । 

दश वर्षदेखि यता बसाइँसराइको दर ह्वातै बढेपनि कानूनीरूपमा बसाइँसराइ गरेर जाने परिपाटी नरहेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । “कानूनी प्रक्रियाका लागि देशको जुनसुकै स्थानमा गए पनि वडामा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “ठेगाना स्थानीय भए पनि गाउँमा बस्ने न्यून छन् ।” अहिले टोकरी गाउँमा बालबालिका, वृद्धवृद्धा गरी करीब ६० जना रहेको स्थानीय विष्णु थापाले बताउनुभयो । 

गाउँमा धेरैजसो उमेर ढल्केकाको मात्र बाहुल्य छ । स्कुले विद्यार्थीहरु शहर बजार र युवायुवतीहरु विदेश गएका कारण गाउँमा सामाजिक काम गर्नसमेत मुस्किल परेको थापाले बताउनुभयो । सबैले गाउँ छाडेर जान थालेपछि गाउँका खेतीयोग्य जमीन बाँझो रहेको छ भने घाँसपात गर्ने पाखापखेरा झाडीमा परिणत भएका छन् । 

बढ्दो बसाइँसराइका कारण टोकरी गाउँमा रहेको देउराली आधारभूत विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घटेर अन्य विद्यालयसँग गाभ्ने अवस्थामा पुगेको छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा १४ विद्यार्थी रहेको प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो । 

गाउँमा सामान्य आधारभूत सेवा सुविधाको पहुँच नपुग्नु र विप्रेषणमार्फत आएको रकम शहर बजारमा लगानी गर्नु नै बसाइँसराइको प्रमुख कारण रहेको स्थानीयहरु बताउँछन् । टोकरी गाउँ जिल्लामै उच्च बसाइँसराइ हुने गाउँ मध्येमा पर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै