२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सदरमुकाम सरसफाईको अभियान सत्र हप्ता- के भयो त परिवर्तन ?

४ चैत्र २०७२, बिहीबार ०२:४५

fohorपर्वत जिल्लाको सदरमुकाम कुश्मा र आसपासको क्षेत्र सुन्दर, स्वच्छ र सफा बनाउनु पर्छ भनी अभियान थालेको सत्र हप्ता पुगिसकेको छ । शहरीकरण र मानवबस्ती विस्तारका कारण मानवीय सभ्यतामा चुनौती समेत थपिदै जाने हुन्छ । त्यो मध्ये वातावरणीय सरसफाई पनि एक हो । सुन्दर, सफा र शान्त वातावरण सभ्य समाजको रुप हो । फोहोर र अशान्त वातावरण कसैलाई मन पर्दैन । के यसो भनिरहदा हाम्रो घर, आगन अनि टोल र समाज हामीले चाहे र सोचे जस्तै छ त ? यसमा प्रत्येक नागरिकले सक्रिय सहभागिता जनाएको छ ? यो प्रश्न सुन्दामा जति सरल लाग्छ । त्यति नै गंम्भीर छ । सरसफाई अभियान थालेको हप्तौ वितिसक्दा यसले पारेको प्रभाव र परिवर्तन कस्तो रहेको छ ? यो विषय सर्वसाधारणमा चासो बनेको छ । सरसफाई अभियानको कल्पना र थालनीमा पर्वतका प्रजिअ झंकनाथ ढकालको योगदान छ । उनले हातमा कुचो लिई बढारेको र नालीमा पसेर फोहोर उठाउन थालेको हप्तौ वितिसकेको छ । सोलुखुम्वु जिल्लामा कार्यरत रहदा यस्तै सरसफाई अभियान थालेर प्रशंसा बटुलेका प्रजिअ ढकालले पर्वतमा नियुक्ति लिई कुर्ची सम्हालेको केही दिन वित्न नपाउदै अभियान थालेका हुन् ।

उनले जिल्लाका राजनीतिक नेतृत्व, संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, समाजसेवी, सरकारी कार्यालयका कर्मचारी साथै सरोकारवाला सवैलाई भेला गरेर सरसफाई अभियानलाई अगाडि बढाउन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सरोकारवाला पक्ष सवैले सकारात्मक ढंगले लिए । सरसफाई अभियानमा सरिक हुँदै आएको अवस्था छ । प्रजिअ ढकालले सरसफाई अभियानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक रहेको बताउँछन् । सदरमुकाम कुश्मामा विगत लामो समयदेखि सफा कुश्मा अभियान संस्थाले फोहोर व्यवस्थापन गर्दै आएको छ । आफ्नो घर र आँगनमा रहेको फोहोर सर्वसाधारणले ट्याक्टर मार्फत् फ्याक्ने गर्दै आए पनि सार्वजनिक स्थलहरु जस्तो राजमार्ग वरिपरिको फोहोर, नाली र बाटोघाटो, धार्मिक स्थल लगायतको फोहोर व्यवस्थापन हुन सकेको थिएन । सरसफाई अभियानबाट सार्वजनिक स्थलको फोहोर समेत व्यवस्थापन हुन लागेको छ ।

सरसफाई अभियानलाई सकारात्मक लिएको समाजका अगुवाहरुको धारणा छ । उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछाने भन्छन्– यो अभियान राम्रो छ । यसले निरन्तरता पाउनुपर्छ । प्रत्येक स्थानीय नागरिकले सरसफाईमा चासो दिनु आवश्यक छ ।’ यस्तै विचार राख्नेमा समाजसेवी मानकुमारी गिरी छन् । उनी भन्छिन्– अरुको मुख ताक्ने नभई सरसफाईमा आफै लाग्नुपर्छ ।’ सफा कुश्मा अभियानका अध्यक्ष खडानन्द आचार्यले नगर सफा राख्नका लागि सरोकारवाला निकाय नगरपालिकाले चासो नदिएको गुनासो गरे । सवै एकजुट नभएसम्म नगर सफा राख्न नसकिने उनको धारणा छ । अध्यक्ष आचार्यका अनुसार अहिले दिनहुँ ठुला ट्याक्टरको पाँच ट्याक्टर फोहोर नगरपालिकामा निस्कन्छ । जिल्लामा सरसफाईबारे यस अघि औपचारिक अभियान थालिएको थिएन । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको उचित व्यवस्था छैन । अभियान थालेको सत्रौ हप्ता लागिसक्दा यसको प्रभाव भने केही नै केही देखिन्छ । अहिले बजार क्षेत्रको घर अगाडि फोहोर देखिदैन भने फोहोर व्यवस्थापनका लागि डस्टविनहरु देखिन्छन् । मानिसमा फोहोर बाहिर अनावश्यक तरीकाले फाल्नु हुँदैन भन्ने मानसिकताको विकास हुँदैछ ।

विद्रयालयमा पठनपाठन गर्ने विद्यार्थीहरु माझ समेत अभियानलाई पुराउन सकेकोले अझ बढी प्रभाव परेको छ । सदरमुकाम र यस आसपासका सार्वजनिक स्थलहरुमा समेत फोहोर त्यति देखिन छाडेको छ । यो अभियानको राम्रो पक्ष हो । जे होस् फोेहोर अभियानले गर्ने भनेको सरसफाई राख्नुपर्छ है भन्ने सन्देशको संचार गर्नु हो भने सरसफाई गर्ने त आखिर स्थानीय जनताले नै हो । अर्कोतर्फ प्लाष्टिकमुक्त नगरपालिका क्षेत्र घोषणा गर्न सकेमा फोहोर व्यवस्थापनमा सहज हुने थियो । यसबारे सरोकारवाला पक्षको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द