पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन २३, कैलाली । कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । <br></p><p>गएराती चिसापानीमा प्रहरीको चेकजाँचका क्रममा २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रक्राउ पर्नेहरुको नाम पत्रकार सम्मेलन गरि जानकारी गराउने प्रहरीले जनाएको छ । </p><p>यसअघि गत फागुन २ मा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट १८ किलो सुनसहित २ जना र फागुन ३ मा कञ्चनपुरकै शुक्लाफाटा नगरपालिका–११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन बरामद भएको थियो ।</p>

