चुनावी रणनीतिमा ध्यान नदिदा हारियो– नेका नेता जोशी

Posted on: 20 Mar, 2016
[caption id="attachment_564" align="alignnone" width="300"]arjun joshi क्षेत्र नं १ पर्वतका सांसद अर्जुन जोशी तस्वीर- बैगुण्ठ गिरी[/caption]

पर्वत जिल्लाको राजनीतिमा एक छत्र दवदवा राख्दै आएका नेपाली कांग्रेसका नेता तथा सभासद अर्जुनप्रसाद जोशी भर्खरै सम्पन्न पार्टीको ते¥हौ महाधिवेशनमा भएको केन्द्रिय सदस्यको चुनावी प्रतिस्पर्धामा हार व्यहोरेका छन् । प्रदेश नं ४ क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा ९ जना भिडेका मध्ये नेता जोशी तेस्रो नं.मा परे । उनलाई दुई जना प्रतिस्पर्धीहरुले उछिन्न सफल भए । महाधिवेशन नजिकै आएर पार्टीको खेमा परिवर्तन गरे पनि उनले विजय हात पार्न सकेनन् । आखिर खेमा किन परिवर्तन गरे उनले र केन्द्रिय सदस्यमा हार व्यहोर्नुको पछाडि के छ खास कारण ? यसबारे नेका कार्यकर्ता लाई मात्र नभई सर्वसाधारणमा समेत चासो भएको पाईएको छ । यसै सन्दर्भमा नेता जोशीसँग टेलिफोनमा  कुराकानी गरेको थियो । प्रस्तुत छ सोही कुराकानीको संम्पादित अंश –

नेपाली कांग्रेसको ते¥हौ अधिवेशनमा हार व्यहोरेर तेस्रो नंम्वरमा आउनु पर्दा कसरी लिनुभएको छ ?

यसलाई देशभरिका कार्यकर्ताहरुको रोजाईमा म कम परे भन्ने अर्थमा नै बुझ्नु पर्दछ । पहिलो र दोस्रो रोजाईमा परेको भए जितिने थियो तर तेस्रो रोजाईमा परे त्यसैले हारियो । अर्को कुरा चुनावी केही रणनीति हुन्छन् । जुन कुरालाई मैले ध्यान दिईन । मुख्य कुरा यही नै हो । अरु भन्नु मलाई खासै केही छैन ।

चुनावी रणनीति भन्नाले के भन्न खोज्नु भएको हो ?

चुनाव जित्नका लागि आफ्ना केही रणनीति हुन्छन् । आफू मात्र जित्नका लागि पनि प्रयोग गर्ने गरिन्छ तर मैले त्यो आफू मात्र जित्ने रणनीति मैले अपनाईन । सवैले जित्नुपर्छ भन्ने हिसावले लागे । अरु हारे हारोस् आफू जित्नुपर्छ भन्ने रणनीति मैले अपनाईन् । त्यही हो ।

तपाईले गुट परिवर्तन गरेको स्वीकार्नु हुन्छ ? गुट परिवर्तन गरी देउवा खेमामा लाग्दा पनि हार्नुभयो त ?

मैले गुट परिवर्तन गरेको सत्य हो । म देउवा खेमामा जित्न सजिलो हुन्छ भनेर गएको हैन । केन्द्रिय सदस्यमा जित्न मलाई पहिलेकै ठाउँबाट पनि सजिलै हुन्थ्यो । म जित्नका लागि भन्दा पनि पार्टी एक हुन्छ । पार्टीलाई मिलाउनु पर्छ । यो सवै जितेर खेमावन्दी गरेर बसेर पार्टी एक पनि नहुने गुट र उपगुट हुने अनि विभाजनले पार्टीलाई असर गर्ने हुन्थ्यो । पार्टी एक बनाएर लैजान्छु भनेर शेर बहादुर देउवाले मलाई विश्वास दिलाउनु भयो ।  त्यही विश्वासका साथ मैले उहाँलाई सहयोग गरे । म लगायत देशैभरका साथीहरुले पार्टी एक बनाएर लैजाने देउवाको अभिव्यक्तिलाई समर्थन जनायौ र धेरै मतान्तरले जित्न सफल हुनुभयो ।

के अव सभापतिमा देउवाको जितले पार्टीमा गुटउपगुट खतम भएर जान्छ ?

हैन, पार्टी भित्र लोकतान्त्रिक लविहरु, समूहहरु सामान्य हुन्छन् नै तर जुन रुपमा तिक्ततापूर्ण एकले अर्कोलाई सिध्याउने, एकले अर्कोलाई दुश्मन देख्ने जुन खाले गुटबन्दी थियो । त्यो चाहि कम हुन्छ भन्ने कुरामा मैले विश्वास लिएको छु । त्यसको शुरुवाती संकेतको रुपमा केन्द्रिय सदस्यमा मनोनित गरिएका सात जनालाई हेरे पनि थाहा लाग्छ । यसरी मनोनित हुनेमा देउवाले आफ्नो पक्षको दुई जना गर्नुभयो भने तत्कालीन रुपमा संस्थापन पक्ष भनिनेको चाहि पाँच जना गर्नुभयो । यसले पनि सवैलाई मिलाएर लैजाउने काममा देउवा ईमान्दार हुनुहुन्छ भन्ने देखिन्छ । यसले अवश्य गुटउपगुट कम भएर जानेछ ।

केन्द्रिय सदस्यमा तपाई मनोनित हुनु हुने छ या छैन ?

मलाई सदस्यमा मनोनित गर्ने भन्दा पनि पार्टीका सवै साथीहरुलाई मिलाएर लैजाने कुराको विश्वास हो । म र मेरै कुरा मात्र हुने थियो भने मैले उहाँलाई सहयोग पनि गर्ने थिईन् । सवै मिलेर जानुपर्छ भन्ने नै मेरो सोच हो । म हार्दै गर्दा पनि पार्टी एक भएर जाओस् र जानुपर्छ भन्ने सोचका साथ सहयोग गरेको हुनाले मलाई मनोनित गर्दा पार्टी एक हुने र नगर्दा नहुने भन्ने अर्थमा मैले बुझ्दिन । उहाँले जुन शुरुवात गर्नु भएको छ । तत्कालिन रुपमा संस्थापन जस्तो सिटौला जी, गगन जी, उमाकान्त जी, नरहरि जी लगायत पाँच जना विपक्षमा हुनुहुन्थ्यो । उहाँहरुलाई पनि देउवाले मनोनित गर्नुभएको छ ।

 चुनाव हारेकालाई केन्द्रिय सदस्यमा फेरि मनोनित गरिदै छ नि ? यो पार्टीको आवश्यकता अनुसार हुने कुरा हो । एकथरी मानिसहरु चुनाव लडेर जान्छन् । अर्को थरी पार्टीको आवश्यकता अनुसार मनोनित हुन्छन.् । हारे पनि ल्याउने व्यवस्था हिजो पनि थियो । अहिले मात्र चलेको कुरा हैन यो । आफूसित सहत नभए पनि पार्टीलाई एक बनाएर लैजानु छ भन्ने लागेर लगेको कुरालाई सकारात्मक लिईनुपर्छ । हारेका मान्छे आउनै हुदैन भन्ने हुँदैन ।

पर्वत जिल्लाको सन्दर्भमा पनि गुटवन्दी सकिएकै हो ? मेरो प्रयत्न के हो भने मैले लामो समयसम्म संस्थापन पक्षको नेतृत्व गरेर आए । अहिले फेरि शेरबहादुर जीलाई समर्थन गरे । मेरो पर्वतका सवै साथीहरुलाई आग्रह के छ भने अव हिजोको गुटबन्दीबाट मुक्त हौ । अव नेताको भागमा पर्ने भन्दा पार्टीको भागमा लागौ । सिंगो नेपाली कांग्रेस पार्टी भएर हामी लागौ । यो गुट र उ गुट भनेर हामी नलागौ किनभने शेर बहादुर दाई आफैले गुट समाप्त भयो । अव कुनै गुट हैन । सवैलाई बराबरी बनाएर लैजान्छु भनिरहनु भएको छ भने हामीले यो गुट र त्यो गुट भनेर पार्टीलाई हित गर्दैन । पर्वतमा पनि मैले सवै साथीहरुलाई यही कुरा राखेको छु । गुटले आउदै गरेको स्थानीय निर्वाचनमा पार्टीलाई हानि पुराउने छ । विगतमा एक समूहले अर्को समूहलाई असहयोग गरेर हराउन खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । म हार्दै गरे पनि पार्टीका साथीहरुले जित्नुपर्छ, कांग्रेसले जित्नु पर्छ भन्ने मान्यता मैले लिएको छु ।

विगतको प्रजातान्त्रिक धारलाई जिल्लामा तपाईले असहयोग र दमन गर्ने गरेको आरोप छ नि ? यो गलत हो । मैले मनोनयन गर्ने । मैले एकलौटी रुपमा निर्णय गर्ने भएको भए यो भन्न मिल्थ्यो होला । त्यहाँ त निर्वाचन हुन्थ्यो नि त । गाउँ अधिवेशन हुँदै जिल्ला र क्षेत्रिय अधिवेशन हुन्थ्यो । जिल्ला अधिवेशनका साथीहरुले जे मत दिनुहुन्छ त्यसैका आधारमा निर्णय हुने हो । कोही बारम्वार पराजित हुन्छ भने साथीहरुले मत नदिएर होला । काम गर्ने शिलशिलामा कोही साथीहरु अलि नजिक हुन्छन् । यो फरक कुरा हो । महाधिवेशन प्रतिनिधि जम्मा १२ जना हुन्छन् । चाहना यो भन्दा धेरै साथीहरुको हुन्छ भने कसरी सवैलाई मिलाएर लैजान मैले सक्छु ।

केन्द्रिय सदस्यको पराजयसँगै नेता जोशीको राजनीति ओरालो लाग्यो भन्नेलाई के भन्नुहुन्छ ? हैन, मैले त के भने सधै जनतालाई शिरोधार्य गरेर , जनतालाई सर्वोपरि मानेर, भगवान् मानेर हिड्ने मान्छे म हो । जिल्लाका साथीहरु नै मेरो सम्पत्ति, शक्ति, तागत र प्रेरणाको स्रोत हो । त्यसैले जिल्लाका साथीहरुले साथ दिएसम्म मैले राजनीति गर्ने हो र नेतृत्वमा रहने हो । जुन दिन साथीहरुले सहयोग र साथ दिनु हुँदैन । त्यो बेला म राजनीतिक नेतृत्वमा रहन्न । के नौलो कुरा भयो र ? त्यसैले म ओरालो लाग्ने कुरा अर्जुन जोशीले चाहेर या अरु कसैले चाहेर हुने कुरा हैन । जिल्लाका साथीहरुले चाहन्छन् भने मेरो स्थान रहन्छ र चाहदैनन् भने मेरो स्थान रहदैन । मेरो स्थानको निर्धारण जिल्लाका साथीहरुले गर्नुहुन्छ । जिल्लाबाट गएका महाधिवेशन प्रतिनिधिहरुले तपाईलाई मत दिएनन् भन्ने कुरा के हो । मलाई त त्यस्तो लाग्दैन । गोप्य मतदान हो । कसैले देख्ने कुरा भएन तर मलाई त लाग्छ सवैले मत मलाई राख्नुभयो । मत नहाल्नुपर्ने कुनै कारण नै छैन । आफ्नो जिल्लाको व्यक्ति केन्द्रिय नेतृत्वमा जानु सवैको गर्वको विषय हो ।

विगतमा संस्थापन पक्षबाट तपाईलाई न्याय नभएकै हो ? न्याय नमिलेको भन्ने अर्थमा बुझ्दा पनि हुन्छ तर त्यो मेरो व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टीको स्वार्थ र हितका खातिर हो । यो गुट र त्यो गुट भनिनु राम्रो हैन । नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि जानुपर्छ भन्ने मेरो सोचका कारण खेमा परिवर्तनको निर्णय भएको हो । मलाई न्याय भएन अन्याय भयो भन्ने मेरो विचार हैन ।

तपाई चुनाव हार्नुमा विदेश सयर पनि एक हो भनिन्छ नि ? यो नै सवै कुरा हो भन्ने मलाई लाग्दैन । पार्टीले विभाग नै मलाई त्यही दियो । जनसम्पर्क समन्वय समितिको प्रमुखको जिम्मेवारी पार्टीले मलाई  दियो । यो भनेको संसारभरि करीव ३७ मुलुकमा जनसंपर्क समिति छ । त्यहाँको संगठन हेर्ने र विस्तार गर्ने जिम्मेवारी मेरो थियो । म प्रमुख हुनु पुर्व जम्मा १४ वटा मुलुकमा थियो भने म भएपछि ३७ वटा मुलुकमा विस्तार गरे । ती मुलुकमा अधिवेशन र विभिन्न कार्यक्रम भई रहने हुँदा पार्टीले दिएको जिम्मेवारी पुरा गर्न जानुपर्ने थियो । उता समय दिदा यता बढी समय दिन नसकेको भने यथार्थ हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!