एस एल सी परीक्षा र ग्रेडिङ पद्धती

Posted on: 24 Mar, 2016

ananda paudelआनन्द पौडेल यस बर्षको एस एल सी परीष चैत्र १८ गते वाट शुरु हुदैछ । आफ्नो १० बर्षको ज्ञान, सीप र अनुभवलाई प्रदर्शन गर्न करीव छ लाख १५ हजार पाँच यस त्रिपन्न विद्यार्थीहरु परीक्षामा सामेल हुदैछन् । यस बर्ष देखी विद्यार्थीले प्राप्त गरेको ज्ञान र सीपको मूल्यांकन गर्न लेटर ग्रेडिङ पद्धती लागू गरिने भएको छ । गत बर्ष प्राविधीक धार तर्फका ९६ विद्यालयहरुमा कार्यान्वयन गरिएको यो पद्धती यस बर्ष देखी देशका सम्पूर्ण विद्यालयहरु मा एकै साथ कार्यान्वयन गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको छ । यस व्यवस्थाले ८० बर्ष देखी एस।एल।सी परीक्षामा प्रयोग हुदै आएको मूल्यांकन प्रणली पूर्ण रुपले विस्थापीत भएको छ । विश्वका थुप्रै मुलुकहरुमा विद्यार्थी मूल्यांकन गर्न प्रयोग गरिदै आइएको यो पद्धतीको बारेमा सरोकारवालामा अन्यौलता रहेको पाइन्छ .

विद्यार्थीहरुमा अपेक्षा गरिएका सिकाई उपलब्धी के कति मात्रामा प्राप्त भए भनेर गरीने मूल्यांकनका विभिन्न तरिकाहरु हुने गर्छन् । तिनै तरीकाहरु मध्ये एउटा व्यवस्थीत र वैज्ञानिक  तरीका लेटर ग्रेडिङ प्रणली हो । लेटर ग्रेडिङ प्रणाली भनेको त्यस्तो प्रक्रिया हो जसले पूर्व निधारीत मानकका आधारमा विद्यार्थीको उपलब्धी स्तर लाई विभिन्न सकेतहरुको प्रयोग गरी स्तरीकरण गर्दछ । विद्यार्थीले प्राप्त गरेको उपलब्धीलाई कुनै निश्चित अंक नदिई अक्षरमा अंकन गर्ने प्रक्रिया लेटर ग्रेडिङ हो ।    बर्षभरीमा पढेका आधारमा विद्यार्थीलाई अनुत्तीर्ण घोषित नगरी उसको सिकाई उपलब्धी को स्तरलाई ग्रेडिङ गर्ने कार्य यस प्रणालीमा गरिन्छ । पास वा फेल नभनेर उसले प्राप्त गरेको सिकाई उपलब्धीलाई विभिन्न स्तरमा विभाजन गर्नु पर्छ भन्ने मान्यताका साथ यो पद्धती अघी सारीएको हो । नेपालमा माध्यमिक शिक्षा सहयोग कार्यक्रम (2002), एस.एल.सी सम्बन्धी अध्ययन (2005), राष्टिूय पाठयक्रम प्रारुप 2063, विद्यालय क्षेत्र सुधार योजना (2009-2015) ले   grading  पद्धती लागु गर्न सुझाब दिएका थिए । यसै क्रममा शिक्षा मन्त्रालयले प्राविधीक तथा व्यवसायीक धारमा २०७१ को एस।एल।सी परीक्षा देखी लेटर ग्रेडिङ लागू गरी एक बर्षको अनुभवका आधारमा यस बर्ष देखी पूर्ण रुपमा एस।एल।सी परीक्षामा भिततभच नचबमष्लन लागू हुँदैछ । जसले ८० बर्ष लामो एस।एल।सी। परीक्षाको मूल्यांकन प्रणलीमा परीवर्तन गरिदिएको छ । लेटर ग्रेडीङ प्रणाली लाई व्यवस्थीत गर्न शिक्षा मन्त्रालय पाठयक्रम विकास केन्द्रले विद्यालय शिक्षामा लेटर ग्रेडीङ पद्धती कार्यविधी समेत तयार गरिसकेको छ । उक्त कार्यविधी मा लेटर ग्रेडीङ पद्धती लागू गर्नुका उद्देश्यहरु निम्नानुसार उल्लेख गरिएको छ:

  • विद्यार्थीको सिकाई सक्षमतालाई यथार्थरुपमा प्रमाणीकरण गर्ने

  • सिकाई उपलब्धीको अंकन गर्दा देखिने अंङकगत स्तरहरुलाई नौ ओटा अक्षरगत स्तरमा सूचित गर्ने

  • शैक्षिक क्षतीलाई न्युनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्दन गर्ने 

यसरी माथि उल्लेखीत उद्देश्यहरुका साथ यस वर्ष देखी एस.एल.सी परीक्षामा परम्परागत मूल्यांकन प्रणलीलाई विस्थापीत गर्दै लेटर ग्रेडीङ प्रणली कार्यान्वयन हुदैछ । विद्यार्थीले प्राप्त  गरेको सिकाई उपलब्धीलाई निम्न अनुसार स्तरीकरण गरिने कार्यविधीमा उल्लेख    छ  : grading table

यस पद्धती अनुसार प्रत्येक विषयको उत्तर पुस्तिका परीक्षण अंकमा गरिनेछ र परीक्षा नियन्त्रण कार्यालयले सो अंकलाई अक्षर ग्रेडमा रुपान्तर       गरी तोकिएको ग्रेड प्रदान गर्ने छ । विदार्थीको मार्कसीटमा प्रत्येक विषयमा विद्यार्थीले प्राप्त गरेको त्यही अक्षर ग्रेड उल्लेख गरिन्छ भने पास वा फेल भनी मार्कसीटमा उल्लेख गरिदैन । “डी” र “इ” ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषयमा माथिल्लो ग्रेड प्राप्त गर्न चाहेमा ग्रेड वृद्धिको लागी लिइने     परीक्षामा सामेल हुन पाउने कार्यविधीले उल्लेख गरेको छ ।   ग्रेडीङ पद्धती को सवै भन्दा     राम्रो पक्ष भनेको विद्यार्थीको प्रमाणपत्रमा नै उसको व्यवहार र हासील गरेको सीप उल्लेख गरिएको हुन्छ । गत बर्ष प्रमाण पत्र दिदा विद्यार्थीले प्राप्त गरेको अंकमात्र उल्लेख गरिन्थ्यो भने अव प्रमाणपत्र मा नै उसको श्रीजनशिलता, संचार सीप, निर्णय क्षमता जस्ता थुप्रै सुचकहरु उल्लेख गरिएको हुन्छ जसले विद्यार्थीले प्राप्त गरेको न्चबमभ को अतिरीक्त उसले प्राप्त गरेको ज्ञान, सीप र क्षमता समेत प्रष्ट हुन्छ ।

यसरी यस बर्षको एस।एल।सी। परीक्षाको मूल्यांकन पूर्ण रुपमा लेटर ग्रेडिङ प्रणलीको आधारमा हुदैछ तर शिक्षक, अभिभावक र विद्यार्थीहरु यो प्रणलीको बारेमा अन्योलमा रहेको देखिन्छ । अन्योल कै कारण ग्रेडीङ को बारेमा अहिले सकरात्मक र नकरात्मक दुवै बहस हुन थालेको छ । विशेष गरी विद्यार्थीहरुमा एस।एल।सी। परीक्षामा अब फेल भइदैन भन्ने मानसिकता वृद्धि भएको पाइन्छ । विद्यार्र्थीले मात्र होइन अभिभवकहरुले पनि आफ्ना छोरा छोरी फेल हुदैनन भन्ने बुझेको पाइन्छ तर यो मानसिकता र बुझाई नितान्त अर्थहीन र नकरात्मक छ । विद्यार्थीले प्राप्त गरेको ग्रेड को आधारमा उच्च शिक्षा र    रोजगारी को अवसर प्रदान गरिने हँदा विद्यार्थीको मार्कसीट मा पास वा फेल नभए पनि निश्चीत ग्रेड भन्दा कम ग्रेड प्राप्त गर्नु फेल हुनु भन्दा पनि खतरनाक मानिन्छ । प्रविधीक शिक्षा तथा व्यवसायीक तालीम परीषद (सीटीईभीटी) ले सी भन्दा तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई भर्ना नलिने औपचारीक निर्णय गरिसकेको छ भने अन्य निकायले पनि यस विषयमा निर्णय गर्न गृहकार्य गरिरहेका छन् । यसरी हेर्दा C" भन्दा तल्लो ग्रेड प्राप्त गर्ने व्यक्ति उच्च शिक्षा अध्यन गर्न बाट बन्चीत हुने सम्भावना वढी छ । लेटर ग्रेडीङ कार्यविधी अनुसार ४० ५० प्रतिशत अंक प्राप्त गरेका विद्यार्थी ग्रेड सी मा पर्छन् । यसरी हेर्दा कमजोर विद्यार्थीले थप मेहनत गर्नुपर्ने देखिन्छ ।

यथार्थमा भन्ने हो भने ग्रेडीङ सीस्टम ले अल्छी विद्यार्थीलाई नपढे पनि पास भइन्छ भन्ने भावनाको विकास गराएको छ भने चलाख विद्यार्थीहरुमा ९० र ९९ अंक ल्याउनु एकै भएकोले वढी मेहनत गर्नु पर्दैन भन्ने सोचाई रहेको देखिन्छ । त्यसैले अन्योलता र विविधताको विच ग्रेडीङ पद्धती लागू हुदैछ । यस प्रणलीको बारेमा भएको अन्यौलता र अव फेल भइदैन भन्ने विद्यार्थीको मानसिकता हटाउन समयमा नै यस विषयमा व्यापक छलफल अन्तरक्रिया र अभिमुखीकरण गर्नु आवश्यक छ । कुन ग्रेड सम्मको विद्यार्थीलाई उच्च शिक्षा र रोजगारीको अवसर हुने भन्ने विषयमा सम्बन्धीत निकायले समयमा नै निर्णय गरी जानाकारी दिन आवश्यक छ । नत्र अव फेल भइदैन किन पढ्ने भन्ने केही विद्यार्थीहरुको बुझाई र बढी परीश्रम किन गर्ने A+ त आइहाल्छ भन्ने मेधावी विद्यार्थीहरुमा रहेको बुझाईले शैक्षिक गुणस्तर ओरालो लाग्ने प्रवल सम्भावना छ ।  लेखक शिवालय उमावि कुश्माका शिक्षक हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!