धार्मिक स्थलको फोहोर कस्ले हेर्ने ?

Posted on: 24 Mar, 2016

पछिल्लो समयमा  पर्यटकीय गन्तव्य स्थलका रुपमा प्रख्यात हुदै गएको गुप्तेश्व गुफाको भौतिक संरचना निर्माण कार्य हुदै गैरहेको छ भने त्यहाँको व्यवस्थापनलाई पनि राम्रो बनाउँदै गइरहेको देखिन्छ । हरियाली र प्राकृतिक सुन्दरताका विचमा रहेको गुफामा फोहोरको अबस्थमा हेर्न कसैले सकेको छैन । धार्मिक स्थललाई पवित्र मानिने गरेता पनि फोहोरको थुप्रो देख्दा यस्तो लाग्छ त्यस क्षेत्रमा अझै धार्मिक महिमा बुझ्न सकिएको छैन । कुश्मा बजारको फोहोर व्यवस्थापन गर्नको लागि अभियान चलाउनेहरु धार्मिक स्थलको फोहोर व्यवस्थान गर्नको लागि भने केहि पहल गर्न सकेको छैन ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको गुप्तेश्वर गुफाको फोहोरव्यवस्थापन गर्नको लागि कसैले चाँसो देखाएको छैन । यस्तो लाग्छ पछिल्लो समयमा गुप्तेश्वर गुफा परिसर फोहोर फाल्नको लागि डम्पीङ साइटको रुपमा प्रयोग गरीएको छ । हरेक चाडपर्वमा मेलमा लाग्ने गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि कसैले चाँसो नदेखाएका कारण पनि त्यहाँको अबस्था दुर्गन्धीत हुदै गएको छ जसका कारण विभिन्न प्रकारका रोग लाग्ने खतरा बढेको छ । सफा कुश्माको लागि सामुहिक अभियान चलाउने र बजार सफा बनाउने अभियान चलाएको प्रम्ुख जिल्ला अधिकारीको पनि त्यस क्षेत्रमा ध्यान जान सकेको छैन । तिर्थजानेहरुले प्रयोग गरेको प्लास्टीक तथा अन्यबस्तुको व्यवस्थापन गर्नको लागि सरोकारवाला निकाय गम्भीर नभएका कारण पनि पर्यटकीय क्षेत्रका रुपमा चिनिदै गएको गुफाको फोहोरको डुङगुरमा परिणत भएको छ ।

उक्त क्षेत्रको फोहोर नियन्त्रणका लागि सरोकारवाला निकाय गम्भीरतापूर्वक नलाग्नु विडम्बडनापूर्ण छ । प्रदूषणले तात्कालिक र दीर्घकालीन रूपमा विभिन्नखाले जोखिम पनि निम्त्याउँछ । प्रदूषण विश्वव्यापी तापमान वृद्धिको कारक पनि हो । वायु प्रदूषण तथा अन्य हरितगृह ग्यास उत्सर्जन बढेकाले हिमाल नै संकटमा छ । प्रदूषण सर्वत्र चासोको विषय बनेको छ , प्रदूषण मानव स्वास्थ्यसँग सोझै जोडिएको छ । प्रदूषणको मात्रा जति बढ्दै गयो, नियन्त्रणमा उति जटिलता थपिँदै जान्छ । सरकारले प्रदूषण नियन्त्रण गर्ने नीति तथा कार्यक्रमहरू बेलाबेला ल्याउने त गरेको छ । तर, तिनीहरूको कार्यान्वयन फितलो देखिन्छ । केवल मानबबस्तीमा भएको फोहोरबस्तु बाहिर फाल्न सकेमा त्यसलाई उपलब्धी मानिन्छ तर बाताबरणमा परेको त्यसको असरको बारेमा सोच्ने कोहि पनि भेटिएको छैन ।  प्रदूषण नियन्त्रणका लागि स्थानीइ सरकारले ठोस नीति तथा कार्यक्रम तय गर्नुपर्छ र त्यसलाई गम्भीरतासाथ कार्यान्वयनमा लानुपर्छ । बढी प्रदूषण गर्नेखालका उद्योगधन्दा, साधनको प्रयोगलाई निरुत्साहित गर्ने, सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम चलाउनेलगायत काम गर्दै जानुपर्छ । यसमा निजी क्षेत्रलगायत सबैको हातेमालो चाहिन्छ । आफ्नो क्षेत्रलाई सफासुग्घर राख्ने दायित्व नागरिकको पनि हो । फोहोरको थुप्रोमाथि रहेको ग्ुप्तेश्वर गुफाको सरसफाइ कस्ले गर्ने हो या त्यसको लागि कुन दिन हेराउन पर्ने हो यस तर्फ सवै सचेत र सजग हुनु आवश्यक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!