८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दूध बेच्न दैनिक छ घण्टा पैदल

१२ चैत्र २०७२, शुक्रबार ०३:४१

सन्तोष गौतम
मल्लाज(पर्वत) १२ चैत । उत्तरी पर्वतको लेकफाँटका कृषकहरु दैनिक छ घण्टा पैदल हिडेर म्याग्दीको सदरमुकाम बेनीमा दूध बेच्न आउने गरेका छन् ।   गाउँमा सडक पुगेको बर्षौ भएपनि यातायातका साधन नचल्दा लेकफाँटका कृषकहरु पिठ्युमा बोकेर ढूध ढुवानी गर्न बाध्य भएका हुन् । गाउँमा यातायात र दूध संकलन गर्ने व्यवस्था नहुँदा दूधको भारी बोकेर बेनी आउने गरेको लेकफाँट २ गडेखोलाका कृषक बाबुराम रेग्मीले बताउनुभयो ।  दश वर्षदेखि लेकफाँटदेखि बेनीमा दूध ल्याएर बिक्री गर्दै आएका ४६ वर्षिय रेग्मीले बेनी आउन तिन घण्टा ओरालो र बेनीबाट घर फर्कन थप तिन घण्टा उकालो हिड्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

Milk farmer (2)

पर्वतको धाईरीङ मिलनचोक हुदै लेकफाँट जोड्ने सडक घुमाउरो, कच्चि, प्राबिधिक हिसावले कमजोर हुँदा न्युन मात्रामा सार्वजनीक यातायातका साधन चल्छ । गाडी रिजर्भ गरेर अथवा आफैले गाडी किन्न सक्ने अवस्था नहुँदा कृषकहरुलाई दूध ढुवानी गर्न समस्या भएको हो ।    लेकफाँट २ गडेखोलाका बाबुराम रेग्मी, शालीग्राम सुवेदी, नरहरी सुवेदी, मोहदत्त सुवेदी, हरिकला पौडेल र देवीकला सुवेदीले गाउँमा संकलन हुने दूध बेनीमा ढुवानी गर्दै आउनुभएको छ । उनिहरुले आफ्नो घर र छिमेकीले उत्पादन गरेको ढूध संकलन गरेर ग्यालीन र बोत्तलमा राखेर बेनीका डेरी तथा उपभोक्ताको घरमा लगेर बेच्ने गरेका छन्  .

Milk farmer (1)

  लेकफाँटबाट बेनीमा दैनिक एक सय ८० लिटर दूध ल्याउने गरेका छन् । ढुवानीको समस्याले गर्दा दुख पाउने र समय धेरै खर्च हुनुका साथै दूधको उचित मूल्य पनि पाउन नसकेको कृषक शालीग्राम सुवेदीले बताउनुभयो । गाउँमा कृषकले प्रतिलिटर ४० रुपैयाका दरले दूध बेच्ने गरेका छन् । बेनीमा ल्याएर ५० रुपैया प्रतिलिटरका दरले बिक्री हुन्छ ।    बेनीमा दूध बेच्ने अन्य ठाउँका कृषकले प्रतिलिटर ५७ रुपैया सम्म पाउँछन् । ढूधको भारी बोकेर जंगल, भिर र खोल्साको बाटो हिड्दा दुख भएको कृषक सुवेदीको अनुभव छ ।

Milk farmer (3)

  आयआर्जनको अन्य विकल्प नभएकाले उत्पादन गरेको ढूध बिक्री गर्नका लागि भारी बोकेर बेनी आउनुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् । लेकफाँटका ३० घरधुरीले ब्यवसायीक रुपमा भैसीपालन गरेर दूध उत्पादन गर्दै आएका छन् ।  लेकफाँटमा केही वर्षअघि दूध संकलन केन्द्र स्थापना भएपनि केही दिन सञ्चालन भएर बन्द भएको थियो । जिल्ला पशु सेवा कार्यालयले दूध संकलन गर्ने र ढुवानी गर्ने सामानहरु पनि दिएको थियो । दूग्ध संकलन केन्द्र पुन सञ्चालनमा ल्याउन सकेमा धेरै राहत हुने कृषक नरहरी सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए