२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलाली र बर्दियाबीच सीमा विवाद

२०७५, ३० फाल्गुन बिहीबार १५:०९

फागुन ३०, भजनी | सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ जोड्ने कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका कोशीमा नाम विवाद देखिएको छ । टीकापुर नगरपालिका र राजापुर नगरपालिकाको सिमानालाई कर्णाली नदीले छुट्याएको भएता पनि वर्षेनी नदीले आफ्नो बाहब परिवर्तन गर्ने भएकाले सिमाना कसको कहाँसम्म हो भन्ने कुरा यकिन हुन नसक्दा विवाद देखिएको हो । 

टीकापुर नगरपालिका–८ र राजापुर नगरपालिका–१ को सत्ती क्षेत्रमा सीमा विवाद उत्कर्षमा पुग्न थालेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावललेसीमा विवादको समस्या विगतदेखिकै भएको बताउनुभयो । “पहिला सबै ठेक्का जिल्लाबाट हुन्थ्यो, अहिले स्थानीय तहबाट हुने भएकाले सिमाना खोज्न थालिएको हो”, प्रमुख रावलले भन्नुभयो, “काम गर्दा पहिला नदीको धारलाई आधार मानेर पनि काम हुन्थ्यो । तर, नदीको धार वर्षेनी परिवर्तन भइरहँदा पनि विवाद देखिएको हो ।” 

प्रमुख रावलले कर्णाली नदी पारी टीकापुर नगरपालिका–८ श्रीलङ्कालाई पनि बर्दियाले आफ्नो भनिरहेकाले विवाद झनै बढ्ने भन्दै यो विवाद समाधानका लागि जिल्ला समन्वय समिति गम्भीर बन्नुपर्ने बताउनुभयो । 

उहाँले यसमा प्रदेशको सिमानासमेत जोडिएकाले दुवै प्रदेश गम्भीर भई समस्या समाधान गर्नुपर्ने बताउँदै आफ्नो भू–भागमा कसैले हस्तक्षेप गरे त्यो सह्य नहुने बताउनुभयो । त्यस्तै राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सिमानामा समस्या देखिएको स्वीकार गर्नुभएको छ । “कर्णाली नदीबीचको भाग हामी बर्दियाको हो भनिरहेका छौँ टीकापुरले आफ्नो भनिरहेको छ”, प्रमुख चौधरी भन्नुभयो, “यो दुई नगरपालिकाको मात्र समस्या नभई जिल्लाको र प्रदेशको सिमानासँग पनि जोडिएकाले यसको टुङ्गो जिल्ला र प्रदेशले लगाउनुपर्छ । आफ्नो सीमाका लागि हामीपछि हट्ने छैनौँ ।” 

हाल ढुङ्गा, गिट्टी र बालुवा निकाल्नका लागि भन्दै दुवै नगरपालिकाले आइइइ रिपोर्ट बनाइ छुट्टाछुट्टै ठेक्का दिएका छन् । कर्णाली नदीको टीकापुर क्षेत्रको भागमा टीकापुरका ठेकेदारले नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् भने बर्दिया क्षेत्रको भू–भागमा बर्दियाका ठेकेदारले उत्खनन गरेका छन् । 

नदीको बीचको भागबाट कस्ले ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने भन्नेमा विवाद देखिएपछि राजापुर नगरपालीकाले सत्ती पुल क्षेत्रमा कुनै सहमति नभएसम्म ढुङ्गा, गिट्टी र बालुवा ननिकाल्न सूचना नै निकालेको छ । दुवै तिरको ठेकेदारले आफ्नो मनोमानीरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दा वर्षाको समयमा बस्ती तथा कृषियोग्य जमीनसहित कैलाली त बर्दिया जोड्ने सत्ती पुलसमेत जोखिममा परेको छ । 

साथै ठेकेदारले कर्णाली नदीमा बाँध बाँधी ढुङ्गा, गिट्टी, बालुवा निकाल्नुका साथै बर्दियाका ठेकेदारले टीकापुरतिर, टीकापुरका ठेकेदारले बर्दियातिर नदीको बहाब फर्काउने भएका कारण समस्या झनै बढ्न सक्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु