२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चीनसँगको निकटता र भारतको भय

२०७२, १४ चैत्र आईतवार ०२:५५

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका द्विपक्षीय सहमति र नेपाल(चीन सम्बन्धलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धको पारम्परिक हैसियतमा चुनौतीका रूपमा हेरेको बताएका छन् ।  चीनसँगको निकटता र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटता पनि भारतसँगको सम्बन्धकै मूल्यमा हुने बताइएको बेलामा भारतले आफूमाथि खतराको संकेतका रुपमा लिन थालेको बुझिन्छ । नेपालमाथि एकाधिकार लगाएको भारतले प्रम ओलीको चीन भ्रमणसँगै अन्त्य हुने हो की भन्ने डरका छ । चीनसँग गरेको पारवहन सम्झौताले भारतसँगको नेपालको परनिर्भरता उल्लेख्य मात्रामा घटाउने देखिन्छ। अब नेपालले चीनको तियान्जिन समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकसम्म व्यापार गर्न सक्नेछ। यद्यपि हालसम्म नेपालको तेस्रो देशसँग ९८ प्रतिशत व्यापार भारतमार्फत हुने गरेको छ’ ।

जसका कारण पनि भारतलाई भय उत्पन्न भएको छ । लामो समय देखि नेपालमाथि आफ्नो एकाधिकार बनाउँदै आएको भारतले अब एकाधिकार तोडिने चिन्ताले उसलाई सताइरहेको छ । भारतसँग मात्र पराबहन सम्झौता रहेको अबस्थामा चीनसँग भएको पराबहन सम्झौताले पनि भारतलाई झड्का लागेको छ । सुगौली संन्धि देखि लिएर अनेक सन्धी र सम्झौता गरेर नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने र आफ्नो देश बाहेक अरु देशसँग व्यापार गर्नपरेमा भारतकै बाटो प्रयोग गर्नुपर्ने भारतीय एकाधिकार प्रणाली चीनसँग भएको सहभति र सम्झौताले ठूलो चोट पुगेको देखिन्छ । अझ चीनसँग रेल विस्तार, चीनले पेट्रोलियम पदार्थ निर्यात गर्ने सम्झौता हुनुलाई नेपालको भारतसँगको आर्थिक परनिर्भरता घटाउने कदमका रुपमा बुझेको छ । चीनसँग भएको चीनकोे बन्दरगाहबाट विश्वका अन्य मुलुकसँग पारवहन व्यापार गर्न पाउने र  नेपाल—चीनबीच आर्थिक सम्बन्ध बढ्नु, चिनियाँ रेल काठमाडौंसम्म विस्तार हुने सहमति हुनु र पारवहन सम्झौता हुनु  उसको लागि फलामको ढुंगासरी भएको छ ।

प्रधानमन्त्री ओलीको ७ चैतदेखि जारी चीन भ्रमणमा भएको १० बुँदे समझदारी र सम्झौतालाई भारतीय, अमेरिकी तथा विश्वभरका सञ्चारमाध्यमले चीनले नेपालमा विस्तार गरेको आर्थिक, रणनीतिक र राजनीतिक प्रभावका रूपमा विश्लेषण गरेका छन्। जसका कारण पनि भारतलाई ठूलो झड्का लागेको छ । विभिन्न बहानामा नेपालमाथि हस्तक्षेप गर्दै आएको भारतले बेलाबेलामा नेपाली जनतालाई द्ुख दिदै आइरहेको थियो । आफ्नो योजना अनुसार काम गर्नको लागि दबाब दिने र नमाने बराबहन सुविधामा रोक लगाइ मानवीय संकट पैदा गर्ने भारतलाई नेपालले चीनसँग गरेका सम्झौताले विरोलेको छ । सधै भारतलेनै भनेको मान्ने र उही अनुसार नेपालको राजनीतिक परिर्वतन हुदै आइरहेको बेलामा अब भने उक्त कुरा नहुने देखे पछि भारतमा भय फैलिएको छ । नेपालले अब भारतसँग भएको एकाधिकार प्रणालीको अन्त्य गर्नको लागि पनि यस्तै चीनसँग सम्झौता हुनु आवश्यक थियो । अब भने भारतको हेपहा प्रविधि केहि हदमा कम हुने पक्कापक्की नै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित