पर्वतबाट ३६ जनाले एसएलसी दिन नपाउने

Posted on: 28 Mar, 2016

एसएलसीमा ६ लाख भन्दा बढी सहभागी हुदै

studentबिद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका यसबर्ष पर्वतबाट ३६ जनाले एसएलसी दिन नपाउने भएका छ्न । यहि चैत्र १८ गते देखी शुरुहुने यस वर्षको प्रवेशिका परिक्षा (एसएलसी) मा हाजिरी नपुगेका कारण उनीहरु परिक्षा दिनबाट बञ्चित भएका हुन् । जिल्लाबाट यस बर्षको एसएलसीको लागि  ४ हजार ४ सय १९ विद्यार्थीहरुले सहभागी हुदैछन् । जसमध्ये  नियमीत तर्फ ३ हजार ३ सय ६१ र एग्जाम्टेड् तर्फ १ हजार ५८ बिधार्थी रहेका छन् । यस्तै नियमीत तर्फ १ हजार ६ सय १६ छात्रा र १ हजार ७ सय ६ छात्रले एसएलसी परिक्षा दिदै छन् भने एग्जाम्टेड् तर्फ १ हजार ५८ छात्रा  र ६ सय ३४ छात्रले सहभागी हुने जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । कुल १९ वटा परिक्षा केन्द्र भएको जिल्लामा सोहीकै दरमा केन्द्राअध्यक्ष तोकिएको छ केन्द्राध्यक्ष  आवश्यक सामग्री लिएर प्रत्येक केन्द्रमा पुगीसकेको जिल्ला शिक्षा अधिकारी  रमेशराज पौडेलले बताए । उनले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा बिद्यार्थीहरुको नाम थर जन्म मिती, ठेगाना अंग्रेजी हिज्जे र परीक्षा दिएको बिषय गल्ति कम गर्न परीक्षार्थीहरुलाई परीक्षाको अन्तिमदिन परिचयपत्र बितरण गरिने पनि जानकारी दिए । एसएलसीमा ६ लाख भन्दा बढी सहभागी हुदै चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन्।  परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको  परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् । यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् । सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । परीक्षाको आवश्यक सम्पर्ण तयारी पूरा गरिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यस वर्षको परीक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताए यस वर्षको परीक्षाका लागि देशभर एक हजार ४ सय ४३ परीक्षा केन्द्र  निर्धारण गरिएको छ। कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने       परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ ।  परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषयमा गल्ती समयमै सच्याउन परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गरिने भएको हो ।     परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।     यस वर्षको परीक्षाको नतिजा अक्षराङ्क विधिबाट सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगत वर्षमा जस्तै हुने जनाइएको छ । परीक्षाको मर्यादा विपरीत अमर्या्दित कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेर रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!