२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नेपालको संविधान–२०७२ जारी भएपछि रामेछापमा खुशीयाली

२०७२, ३ आश्विन आईतवार २०:५७

sambidhan ramechhap

प्रज्वल पौडेल, असोज ४, रामेछाप ।
संविधानसभाबाट नेपालको संविधान २०७२’ घोषणासँगै सदरमुकाम मन्थली लगाएत रामेछाप जिल्ला भर दिपावली गरी
हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ ।

संविधान जारी भए लगत्तै
विहान देखि संविधान घोषणाको पर्खाइमा बसेका रामेछाप बासीहरुले “नेपालको संविधान २०७२ स्वागत” को नक्सा
चोक चोकमा बनाएर त्यसमा दीप बालेर नयाँ संविधानलाई स्वागत गरेका थिए । कार्यक्रममा हजारौंको सहभागिता
रहेको थियो । नेपालको राष्ट्रिय झण्डा फहराउँदै, पञ्चेबाजा सहित तामझामका साथ र्याली मन्थली बजार
परिक्रममा गर्दै मदनआश्रित चोकबाट पुनः देबकोटाचोमा आएर कोणसभामा परिणत भएको र्यालीमा साँझ राष्ट्रपतिले
संविधान घोषणा गरेपछि सबैले खुसी व्यक्त गर्दै जिल्लाबाट संविधानसभामा सहभागि भएका सभासदहरुलाई धन्यबाद
समेत दिएका थिए । एक युगमा आउने एक दिन अर्थात् जनताले लेखेको संविधान जारी भएको अवसरमा रामेछापका
नागरिकले स्वतस्फूर्तरुपमा दीप प्रज्ज्वलन र र्यालीमा सहभागी बनेर खुसी मनाए ।

आइतबार साँझ राष्ट्रपति नेपालको संविधान २०७२’ प्रारम्भ भएको घोषणा गर्ने वित्तिकै
देवकोटा चोकमा रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले दीपावलीको लागी तयार पारिएको
दियोमा बत्ती बालेर दीपावलीको उद्घाटन गरेका थिए । त्यसपछि सहभागीहरुले बत्ती बाल्दै स्वागत गरिएको थियो
। देवकोटा चोकमा दीपावली सकिएसँगै मदन आश्रीत चोक, विपी चोकमा दीप प्रज्ज्वलन गरिएको थियो । दशकौं
देखिको नेपाली जनताको संविधान आफैले लेख्ने प्रतीक्षा पूरा भएको भन्दै विजयउत्सवमा सहभागी बनेको
सहभागीहरुको भनाइ छ ।

sambidhan khusiyali

ठुलो बलिदान र
लामो प्रतिक्षापछि मुलुकले नयाँ संविधान पाएकोले स्थानियबासीहरुले साँझ आ–आफ्नो घरमा गएर पुनः दीपबत्ती
बालेर खुसी व्यक्त गरेका थिए । दिपावली गर्नेक्रममा भेला भएका सर्वसाधारण, पेशाकर्मी, पत्रकार नागरिक
समाजका अगुवा तथा नेताहरुले यो संबिधान अहिलेसम्मकै प्रगतिशिल, अग्रगामी, उत्कृष्ट र जनमुखि भएको बताएका
थिए । जिल्लामा सधैजसो छुट्टाछुट्टै स्थानहरुमा भेला भएर कार्यक्रम गर्ने राजनैतिक दलहरु आइतबार एकै
स्थानमा खुसी साटसाट गर्दै भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा