शिक्षा ऐन विपरित शिक्षा कार्यालयको कार्य

Posted on: 02 Apr, 2016

एसएलसीमा परीक्षार्थीभन्दा निरीक्षक गद्दार भेटिए

deo-office-parbat-650x369-400x227पर्वत, नेपाल सरकार तथा शिक्षा विभागले सामुदायिक विद्यालयलाई केन्द्रिकरण नगर्नको लागि नीति तय गरेको छ । सामुदायिक विद्यालयलाई जिल्लामा केन्द्रिकरण नगरी विकेन्द्रीकरणको नीति अबलम्वन गर्नको लागि जिल्ला शिक्षा कार्यालयलाई विगतका बर्षहरुमा निर्देशन दिदै आएता पनि जिल्ला शिक्षा कार्यालय पर्वतले भने सोही अनुसारको काम भने गरेको छैन ।शिक्षा विभागको नीतिलाई जिल्ला शिक्षा कार्यालय पर्वतले विगत दुइ बर्षयता उल्लंघन गरी एसएलसी परिक्षा सदरमुकाममा केन्द्रित गरी नीजि विद्यालयमा संचालन गर्दै आइरहेको छ ।

\यस बर्षपनि जिल्लाका दुई परिक्षाकेन्द्रलाई जिल्लामा सारी दुइवटा नीजि विद्यालयबाट संचालन गर्दै आएको छ । बेलाबेलामा नीति नियम भन्दा माथि देखिने जिल्ला शिक्षा कार्यालय पर्वतले एक पछि अर्को नीति विपरीत कार्य गर्दै आएको छ । जसका कारण पनि शिक्षाप्रेमीलाई शिक्षा कार्यालयको कार्यप्रति चिन्ता व्यक्त गर्न थालेका छन । परिक्षाकेन्द्रलाई जिल्लामा सारेर कार्यालयले जिल्लाका नीजि विद्यालय आदर्श आमावि र नमूना आउमाविबाट एसएलसी परिक्षा संचालन गरेको छ । केन्द्र सारेर जिल्लामा ल्याउँदा आफुहरुलाई परिक्षार्थीमा सामेल हुदाँ बढी डरक्रास हुने गरेको विद्यार्थीहरु बताउँछन् ।

विहान हतारमा सवारी साधनमा आउनुपर्ने भएका कारण कहिले ढिलो त कहिले बाटोमा सवारी साधनको जाम वा विग्रन सक्ने चिन्ताले आफुहरुलाई सताउने भएका कारण पढेको कुरा पनि विर्सिने नविन पौडेलले बताए । विहान कतिबेला परिक्षाकेन्द्रमा आउने हो वा बाटोमा केहि हुने हो की भन्ने डरले गर्दा परिक्षा दिन कठिन भएको उनको अनुभव छ । गाउँमा नै विगतका बर्षमा जस्तै केन्द्र परेको भए आफु जस्तै अरु विद्यार्थीलाई कति बेला केन्द्रमा पुगौ वा बाटोमा सवारी साधनको जाम वा कुनै समस्यामा पर्ने हो की भन्ने चिन्ताबाट मुक्त हुने अर्की परिक्षार्थी सरिता सुनारको बुझाइ छ ।

। परिक्षाकेन्द्र जिल्लामा सारेका कारण आफुहरुलाई आफ्ना विद्यार्थी समयमा परिक्षाकेन्द्रसम्म पुग्छनकी पुग्दैन वा बाटोमा सवारी जाम वा अन्य समस्या पैदा हुन्छ की भन्ने मनमा चिन्ता पैदा हुने शिक्षकहरु बताउँछन् । डिमुवा नमूना आमाविका प्रचार्य बलराम शर्मा भन्छन् कतै परिक्षाकेन्द्रसम्म पुग्नको लागि ढिलो हुने हो की भन्ने मनमा चिन्ता पैदा हुने बताए ।

हामीलाई त परिक्षाकेन्द्र टाढा भएका कारण समस्या पैदा भएको छ परिक्षार्थीको मनमा के हुन्छ होला उनी भन्छन् । तिलाहार उमाविका शिक्षक दिनेश शर्माको पनि उही कुरा छ । जिल्लामा परिक्षाकेन्द्र सारेका कारण विद्यार्थीहरुलाई धेरैनै समस्या परेको उनको बुझाई छ । राज्य आफ्नो शिक्षाप्रतिको उत्तरदायित्वबाट भाग्दै ब्यापारीकरणलाई बढावा दिदै गएका कारण पनि यस्तो भएको भन्दै उनले यस्तो हुनु गलत भएको टिप्पणी गरे शिक्षा कार्यालयका कार्यालयका गतिबिधी सदरमुकामलाई केहि बढी पक्षपोषण गर्ने खालका भएको शर्माको आरोप छ ।

कुश्मानै बस्नको लागि कोठाभाडा लिनुपर्ने आर्थिक अबस्था देखि लिएर धेरै समस्या पैदा भएको उनको ठम्माई छ । अभिभावकको पनि गुनासो उही छ । कुश्मानै राख्नुपर्ने जिल्ला शिक्षाकार्यलयले बाध्यता बनाएका कारण आर्थिक रुपमा कसरी समधान खोज्ने देखि लिएर छोराछोरीको परिक्षा कस्तो भयो, परिक्षा दिन समयमा गएकी गएन भन्ने चिन्ताले सताउने गरेको अभिभावहरुको भनाई छ । पहिले गाउँमा नै परिक्षाकेन्द्र भएका कारण आफुहरुलाई सहज भएको उनीहरुको भनाई छ ।

यसबर्ष पर्वत जिल्लाबाट ४ हजार ४ सय १९ विद्यार्थीहरुले एसएलसी परिक्षामा सहभागी भएका छन् । जसमध्ये नियमीत तर्फ ३ हजार ३ सय ६१ र एग्जाम्टेड् तर्फ १ हजार ५८ परिक्षार्थी रहेका छन् ।  नियमीत तर्फ १ हजार ६ सय १६ पुरुष र १ हजार ७ सय ६ छात्राले एसएलसी परिक्षा दिदै छन् भने एग्जाम्टेड् तर्फ १ हजार ५८ पुरुष र ६ सय ३४ छात्रा रहेका छन् । भने  जिल्लाका १९ ओटै परीक्षा केन्द्र तोकिएको छ ।

एसएलसीमा परीक्षार्थीभन्दा निरीक्षक गद्दार भेटिए एसएलसी परीक्षालाई विद्यार्थीले भन्दा सरकारी तलब भत्ता खाएका निरीक्षकले नै अमर्या्दित बनाइरहेका छन् भन्ने उदाहरण परीक्षाको पहिलो दिनको घटनाले प्रष्ट पारेको छ । परीक्षा केन्द्रको निरीक्षकको रूपमा खटिएका मुलुकभरका नौजना निरीक्षक निष्कासनमा परेका छन् । परीक्षा हलमा चिट चोर्नेलाई कारबाही तथा निष्कासन गर्ने, चिट चोर्न खोज्ने विद्यार्थीलाई सचेत गराउनेदेखि परीक्षाको समग्र व्यवस्थापनको जिम्मेवारी निरीक्षकको हुन्छ । तर परीक्षाको पहिलो दिन मुलुकभरका ९ जना निरीक्षकले जिम्मेवारी विपरीत क्रियाकलाप गरेको पाइएपछि निष्कासन गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए ।

अनुसार रौतहटमा चार, सप्तरीमा दुई तथा महोत्तरी, ओखलढुंगा र जाजरकोटका एक एकजना निरीक्षकलाई निष्कासन गरिएको छ । परीक्षाका लागि मुलुकभर २५ हजार ५ सय ५६ जना निरीक्षक परिचालित छन् । निरीक्षक कारबाहीमा परेपछि सहायक निरीक्षकलाई निरीक्षकको जिम्मेवारी दिइएको छ ।

तत्कालका लागि कारबाहीमा परेका निरीक्षकलाई अन्य दिनको परीक्षा सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निष्काशन गरिएको भए पनि उनीहरूले परीक्षा हलमा गरेको गतिविधिको थप अध्ययन गरेर कस्तो कारबाही गर्ने भन्ने निर्णय गरिने काप्रीले बताए । परीक्षामा अमर्या्दित काम गरेको पाइएपछि महोत्तरीको धमौरा माध्यमिक विद्यालयका सातजना परीक्षार्थीलाई पनि निष्कासन गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले जनाएको छ । अन्य स्थानमा भने परीक्षा शान्त र मर्या्दित रूपमा सम्पन्न भएको पनिकाले जनाएको छ । बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो ।

यस पटकको परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थीले परीक्षा फाराम भरेका छन् । पनिकाको तथ्यांक अनुसार यस वर्ष छात्रको तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी छन् । कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना छन् । तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र छन् । त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी छन् । प्राविधिक धारका ३ हजार दुई सय परीक्षार्थी छन् ।

जसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र छन् ।  यस वर्ष परीक्षा सञ्चालनका लागि मुलुकभर १ हजार ९ सय ४३ वटा केन्द्र तथा प्रतिकेन्द्र एकजना केन्द्राध्यक्ष र २ हजार ९ सय ७८ जना सहायक केन्द्राध्यक्ष परिचालन भएका छन् । पनिकाका अनुसार केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कार्यालय सहयोगीसमेत गरेर मुलुकभरको परीक्षा केन्द्रमा ७२ हजार ८ सय ९६ जनशक्ति परिचालन गरिएको छ । परीक्षालाई मर्या्दित बनाउन तथा परीक्षाको अनुगमन गर्न १८ जना सहसचिवको नेतृत्वको अनुगमन समिति बनाएर परिचालन गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!