२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

जिल्ला प्रहरी कार्यालय धादिङको सार्वजनिक सुनुवाइ

२०७५, १४ चैत्र बिहीबार ०३:४५

चैत १४, धादिङ (रासस) | अर्काको मुख हेर्न छाडी आफ्नो घरवरपर क्षेत्रको सरसफाइ आफैँ गर्ने बानी बसाल्न नगरवासीसँग निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले आग्रह गर्नुभएको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङले लैङ्गिक हिंसा कार्यक्रम, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रणको अवस्था र सार्वजनिक सुनुवाइसम्बन्धी एकसाथ आयोजना गरेको कार्यक्रममा नगरवासीले नगरभित्र रहेको विभिन्न समस्याप्रति ध्यानाकर्षण गराउँदा नगरप्रमुख ढुङ्गानाले समस्या समाधानका लागि भइरहेको प्रयास माथि प्रकाश पार्दै त्यस्तो आग्रह गर्नु भएको हो । कार्यक्रमका सहभागीहरुले धादिङबेसी बीचबजारमा रहेको बसको टिकट काट्ने काउन्टरको समस्या, सार्वजनिक शौचालयको समस्या, डम्पीन साइड र बजार सरसफाइको समस्या ट्रार्फिक व्यवस्थापन , घर अगाडि निर्माण सामग्री राख्ने, पसल थाप्ने, राती अबेरसम्म होटेल खुल्ला राख्ने, फुटपात हुँदाहुदै सडकमै पैदल यात्रु हिड्ने , सुरक्षित वधशालाको अभाव प्रति नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । 

प्रहरी उपरिक्षक राजकुमार वैधवारले जिल्ला प्रहरी कार्यालयबाट सम्पादन गरिएको क्रियाकलापबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जनताको सहयोग र साझेदारीबाट प्रहरीले सम्पादन गर्दै आएको कार्य प्रभावकारी रहेको बताउनु भयो । कार्यक्रममा यातायात क्षेत्रबाट बद्री सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री , नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी लगायतको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते