२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला अदालत पर्वतको लक्ष्य भन्दा उपलब्धी धेरै

२०७२, २४ चैत्र बुधबार ०२:२९

पर्वत, जिल्ला अदालत पर्वतले तोकिएको भन्दा बढि उपलब्धी हासिल गरेको एक तथ्याङकले देखाएको छ । न्यायपालिकाको तेस्रो रणनीति योजना र अदालतको बार्षिक कार्ययोजनामा निर्धारण गरीएको लक्ष्य प्राप्ती तथा हालसम्म हासिल गरेको प्रगती विवरणबारे मंगलबार पत्रकार सम्मेलनमा सार्वजानिक गरिएको तथ्याङकमा  तोकिएको भन्दा बढी उपलब्धी हासिल गरेको देखिएको छ ।

आर्थिक बर्ष ०७२÷७३ मा २ सय ५८ लगतमा १ सय ८४ पछ्यौट भएको र ७४ वटा बाँकी रहेको तथ्याङकले देखाएको छ । चैत महिनासम्म कुल १ सय ९९ वटा मुद्धाको फैसला गर्नुपर्ने भएता पनि २ सय २५ मुद्धामा फैसला भएको हो । जसका कारण जिल्ला अदालत पर्वतले तोकिएको लक्ष्यभन्दा बढी  उपलब्धी हासिल गरेको हो । गत आ.वको ४५ लगतमा ४१ पछ्यौट र ४ जिम्मेवारी यसब बर्षको लागि थपिएको र यस आवमा प्रत्रिया अगाडी बढिरहेको जिल्ला अदालतका न्यायधिस मोहनराज भट्टराइले जानकारी दिए ।

मुद्धा एक बर्ष भित्रमा वा मुद्धाको प्रकृति हेरि फैसला गरीएको र एक बर्ष बाहिर नगएको न्यायधिस भट्टराईले बताए । दण्ड, जरिवाना बाट ५ करोड  लाख २६ हजार ५ सय ७६ पछ्यौट भएको र ६ करोड ५१ लाख ३२ हजार ५ सय ८८ बाँकी रहेको तथ्याङकमा उल्लेख छ । जसका लागि ४९ निवेदन परेकोमा ३० पछ्यौट भएको र १९ बाँकी रहेको देखाइएको छ । लगातार सुनुवाइ हुने मुद्धा अन्तरगत २४ लगतमा १६ पछ्यौट भएको र ८ बाँकी रहेको उल्लेख छ ।  विभिन्न प्रकृतिका मुद्धामा गरी थुनुवा मुद्धामा एक महिला र ५ पुरुष गरी ६ जना रहेका अदालतले जनाएको छ । भने ३२.२९ प्रतिशत कैद पछ्यौट गर्न बाँकी रहेको बताइएको छ ।

IMG_20160405_120823
आ.व ०७१÷७२ मा उत्कृष्ठ लक्ष्य

जिल्ला अदालत पर्वतको बार्षिक स्थीति हेर्न हो भने तीन आर्थिक बर्षमध्ये  आ.व ०७१÷७२ मा उपलब्धी राम्रो भएको देखिएको छ । २ सय ३६ लगतमा १ सय ९१ पछ्यौट  गरेको छ भने ४५ वटा मुद्धा बाँकी रहेको छ जस अनुसार उक्त आवमा ८०÷९३ प्रतिशत उपलब्धी भएको देखिएको छ ।

आ.व ०७०÷७१ मा २ सय ६४ लगत मध्ये १ सय ९२ पछ्यौट र ७२ बाँकी रहेको देखाइएको छ जस अनुसार ७२÷७३ प्रतिशत कार्य भएको देखिएको छ भने आ.व ०६९÷७० मा २ सय ३४ मध्ये १ सय ६२ पछ्यौट भएको र ७२ बाँकी रहेको जस अनुसार ६९ प्रतिशत कार्य भएको तथ्याङकले देखाएको छ ।

सम्बन्ध विच्छेदका घटना बढे

जिल्ला अदालतमा सम्बन्ध विच्छेदनका घटनाहरु गत बर्षका तुलनामा बढेको पाइएको छ । गत बर्ष ४८ लगतमा ४३ पछ्यौट भएको र ५ जिम्मेवारी यस बर्षको लागि थपिएको थियो भने यस बर्ष ५० वटा सम्बन्ध विच्छेदनका मुद्धा परेको र ४१ पछ्यौट र १४ बाँकी रहेको जिल्ला अदालत वर्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ