२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा बिभिन्न बिद्यार्थी संघहरुले नाकाबन्दी बिरुद्ध मोदीको पुत्ला जलाए

१२ आश्विन २०७२, मंगलवार १०:४८

manthali
ramechhap

प्रज्वल पौडेल । असोज-१२, रामेछाप । रामेछाप
सदरमुकाम मन्थलीमा भारतले गरेको अघोषित नाकावन्दिको विरुद्ध विद्यार्थीहरुले विरोध जनाएका छन् । नेपाली
काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादी निकट विद्यार्थी संगठनहरुले मंगलबार साँझ मन्थलीमा राकेँ जुलुस
निकालेका छन् । उनीहरुले भारत विरुद्ध नारावाजी गर्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला
जलाएका छन् ।

मन्थली सहिद स्मृति बहुमूखि क्याम्पस मन्थलीबाट
निस्किएको विद्यार्थीहरुको संयुक्त मशाल जुलुस मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभामा
परिणत भएको थियो । कोण सभालाई ३ विद्यार्थी संगठनका नेताहरुले संबोधन गर्दै भारतिय हस्तक्षेप तत्काल
अन्त्य गर्न माग गरेका छन् । विद्यार्थीहरुले आफ्नो संविधान बनाउने अधिकार नेपाली जनतामा रहेको जनाउँदै
नेपालमा नाङ्गो हस्तक्षेप बन्द गर्न पनि भारतलाई चेतावनी दिएका छन् ।

विद्यार्थीहरुले अन्तर्राष्ट्रिय कानुन मिच्दै भारतले गरेको नाकाबन्दीबारे संयुक्त राष्ट्र
संघ र विश्व समुदायमा उजुरी तथा जानकारी गराउने बताएका छन् । नाकाबन्दी मानवताविरुद्धको अपराध भएको
भन्दै तत्काल अन्त्य गर्न समेत उनीहरुले अनुरोध गरेका छन् ।

modi putla ramechhap

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला