समान व्यवहार गर

Posted on: 06 Apr, 2016

कुनै पनि राजनीतिक दलका नेतालाई निर्वाचनमा मतदान दिने बेलामा महलमा बस्ने धनाढ्य होस या झुपडीमा बस्ने गरीब होस् उसको भोट समान हुन्छ । एक गरीबले भोट दिएन भने उसको जित्ने सम्भावना एकले कम हुन्छ । अर्थात् सवैको महत्व समान छ । न कनि धनाढ्योस् या गरीव वा अन्य कु्नै मतदाता, उम्मेदवारवारलाई भोट दिदाँ पहुँचवला अथवा उसको नजिकको मान्छेको एक भोटको गणना द्ुइ र अरुको एकको एक हुदैन  अर्थात् कुनै पनि मतभेद छैन ।

नेतालाई चुनावमा जित्नको लागि जसरी हरेक समुदाय वा पहुँचको मानिस भएता पनि उनीहरुको भूमिका समान हुन्छ ठीक त्यसरीनै चुनाव जितेर देश र जनताको लागि केहि गर्छु भनेर राजनीतिमा होमिएका नेता तथा सांसदको व्यवहार पनि समान हुनुपर्छ । आफ्नो पहुँच र गुणगान गाउनेलाई सोहि अनुसारको सम्मान र व्यववहार र अरुलाई उपेक्षा गर्ने हो भने राजनीतिक दलका नेताहरुले सोचे हुन्छ की अबका दिनमा उनीहरुको हार निश्चित छ भनेर । पहिले समान व्यवहार गर्ने बाचा गरेर नागरीक विच मतदान गर्न हात जोड्नेहरु उहि बर्ग समुदायलाई उपेक्षा गरी आफ्नो र आफ्नो मुखपत्र बन्नेहरुलाई सहयोग र साथ दिने हो र जून थालमा खायो त्यहि थालमा थु्क्ने नेताको प्रविधिको यसरीनै विकास हुदै जाने हो भने एक दिन त्यसले ठूलो विकाराल रुप लिन सक्छ ।

निर्वाचनमा विजय गराउनको लागि प्रचारप्रसारमा कसैले बढी सहयोग गरेको होला कसैले नगरीकन मतदानमा मत दिए त्यो भन्दा ठूलो सहयोग गरेको होला त्यसैले सम्बन्धी क्षेत्र र ठाउँको आवश्यकता र त्यहाँको समस्या समधान गर्ने किसिमको नीति तयार पारी सांसद तथा राजनीतिक दलहरुले कार्य गर्नु जरुरी छ । आफ्नो र आफ्नो गुणगान गाउनको मात्रै उपकार गर्ने तर जून नागरिकले मतदान दिएर त्यो हैसिएत र अधिकार दिलाए उनीहरुलाई उपेक्षा गर्ने हो भने उनीहरुको राजनीति धरापमा पर्ने निश्चित नै छ ।

कुनै पनि नागरिकले मतदान गर्ने र जिताउने बेलामा उनीहरुको महत्व कम र बढी भएन त्यसका कारण राजनीतिक दलले आफ्नो स्वाथए पुरा गर्ने हो र यसरी नै कसैमाथि आर्शिवाद र सम्मान कसैलाई उपेक्षा गर्ने हो भने भोलीका दिनमा त्यही एक भोट वा उपेक्षित समुदाय र बर्गका कारण अहिले भएको पद, मानसम्मान खोसिने पक्का निश्चित छ । आफ्नो र अर्को भनी विभेद नगरौं समान व्यवहार गरौं किनकी हरेक नागरीक समान हुन र समान अधिकार र आफ्नो योगदानको कदर खोजिरहेका हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!