Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ढोरपाटनबाट पोखरा उडेको हेलिकप्टर बलेवामा आकस्मिक अवतरण

By kit 1 मिनेट पढाइ

<p>चैत ३, पर्वत – बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरिएको छ ।<br></p><p>मंगलबार साँझ ६ बजे नेपालको एक मात्र वन्यजन्तु शिकार आरक्ष ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरिएको हो ।</p><p>प्रभु हेलिकप्टरको नाइन एन एजेएन कल साइन भएको हेलिकप्टरमा एक जना विदेशी नागरिकसहित दुई जना शिकार आरक्षकै कर्मचारी रहेका थिए । शिकार आरक्ष अवलोकनका लागि आएको र मौसम अनुकुल नभएका कारण बलेवामा अवतरण गरिएको हो ।&nbsp;</p>