Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धुलो र धुवाँले सस्थानीय बासिन्दा आक्रोशित

२०७६, ६ बैशाख शुक्रबार ०८:३४

वैशाख ६, धनगढी | धनगढीमा निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडकमा फैलिने धुलो र धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सडक आसपासका बासिन्दा  आक्रोेशित भएका छन् । सडकबाट उडेको धुलोले छेउछाउका पसल र घरमा बस्नै कठिन भएकाले धनगढी उपमहानगरपालिका–२, ३, १३ लगायतका बासिन्दा  वडाका स्थानीयवासी आक्रोेशित भएका हुन् । हिजोआज धनगढीमा गर्मी बढेसँगै दिउँसो र साँझपख चल्ने हावाहुरी र सडकमा सवारी गुड्दा उड्ने धुवाँधुलोले उनीहरूलाई झन हैरान  बनाएको छ ।

निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको उदासीनताका कारण सडकमा उडेको धुलोले स्वास्थ्यमा प्रतिकूल असर पर्नाका साथै पसलमा राखिएका सामानसमेत बिग्रिएर ग्राहक पसलमा नआउने गरेको उपमहानगरपालिका–२ का साइकल व्यापारी गणेशप्रसाद भट्टको गुनासो थियो । उहाँले भन्नुभयो, “सडकको धुलोले स्वस्थ व्यक्ति पनि बिरामी भएको छ, धुलोले श्वासप्रश्वासमा समस्या भएकाले म स्वयम् पनि मेडिकल धाइरहेको छु ।”


निर्माण कम्पनीले सडकमा दैनिक तीन पटकसम्म पानी हाल्ने सहमति जनाए पनि अटेरी गरेको सर्वसाधारणको आरोप छ तर निर्माण कम्पनीले भने सहमति कार्यान्वयनमा रहेको जनाएको छ । निर्माण कार्य शुरु भएको लामो समय बितिसक्दा पनि हालसम्म थोरै मात्र काम भएको गुनासो गर्दै सो उमहानगरपालिका–१३ का व्यापारी चुन्नुराम चौधरीले भन्नुभयो, “नेपालको कानून दैवले जानून्जस्तै  भएको छ अझैसम्म समयमै काम नसिध्याउने  र लापरवाही गर्ने ठेकेदार र निर्माण कम्पनीलाई कार्वाहीको दायरामा ल्याइएको छैन ।” सडकमा धुलो धुवाँका कारण वारिको मान्छे पारि र पारिको मान्छे वारि नदेखिने अवस्था छ । निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडक निर्माणको सम्झौता अवधि सकिन करीब एक महीना मात्रै बाँकी रहँदा निर्माणको काम भने केही मात्र भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित