२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु

२०७६, १३ बैशाख शुक्रबार ०७:१६

वैशाख १३, बनियानी  | दुई भिन्न घटनामा झापाको कनकाई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति कनकाईमा दुर्घटनामा परी एक र भद्रपुरमा चट्याङ लागेर एक गरी दुई जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई–१ दुर्गापुरमा पूर्वतर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नं को गाडीले विपरीत दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाबाट पाँचथर नागी–६ घर भई हाल कनकाई नगरपालिका–१ कालीमोडामा डेरा गरी बस्दै आएका ४० वर्षीय उमेश हिङमाङ गम्भीर घाइते भएका थिए । हिङ्माङको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । शव सोही अस्पतालमा राखिएको छ भने पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिप्रका झापाले जनाएको छ ।

यसैबीच, झापाको भद्रपुर नगरपालिका–६ मा बिहीबार राति चट्याङ लागेर सोही स्थानका ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको छ । राति  २.३० बजे चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल ल्याउने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

 मृतकको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते