२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–जोमसोम–कोरला सडक सुस्तायो

२०७६, ३० बैशाख सोमबार ०८:२२

कमल खत्री | वैशाख ३०, बेनी | कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार यस सडक निर्माणको गति सुस्त भएपछि आयोजनामाथि चौतर्फी दबाब बढेको छ । दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनीदेखि  जोमसोमसम्म कालोपत्र र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति थालिएको हो । 

कुल ७६ किलोमिटरको बेनी–जोमसोममा चार र  ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सात प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न सकेका छैनन् । बेनी–जोमसोम खण्डमा समयतालिका बनाएर गाडी चलाउने गरी निर्माण कार्यका लागि उचित वातावरण मिलाइएको भए पनि अधिकाँश ठाउँमा न्यून कामदार र उपकरण प्रयोग भएको पाइएको छ । बर्खायाम शुरु हुन लागिसक्दा समेत सडक स्तरोन्नति र पुल निर्माणको कामले गति नलिएको मुस्ताङ घाँसाका स्थानीय अगुवा विक्रम गौचनले बताउनुभयो । 

कतिपय ठाउँमा सडक काटेर पर्खाल र ग्याबियनको काम नथालिँदा प्राकृतिक विपद्को जोखिमसमेत बढेको उहाँको भनाइ छ । निर्धारित समय सकिन लाग्दा आधा काम मात्रै सकिएको यस आयोजनामा निर्माण व्यवसायीले जनशक्ति परिचालनमा उदासीनता देखाएपछि तत्काल जनशक्ति र उपकरण थप गर्न निर्देशन दिइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । “आयोजनाको काम नियमित अनुगमन गरिरहेका छाँै, म्याग्दी खण्डका काम सन्तोषजनक देखिएको छैन, काम नगर्ने निर्माण कम्पनीहरुको विवरण दिन आयोजनालाई भनेका छाँै, काम समयमै सम्पन्न नगर्ने कम्पनीलाई आवश्यक परे कारबाहीको लागि समेत कदम चाल्छौँ,” प्रजिअ अधिकारीले भन्नुभयो ।

बेनी–जोमसोम खण्ड आगामी मङ्सिर १५ गतेभित्र कालोपत्रेको काम सक्नुपर्ने म्याद छ भने माथिल्लो खण्डमा आगामी असारसम्मका लागि मात्रै म्याद थप भएको छ । तर, निर्माण कम्पनीहरुको ढिलासुस्तीका कारण आयोजनाको अहिलेसम्म तल्लो खण्डमा ५२ र माथिल्लो खण्डमा ८० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । “सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम भैरहेको छ, कतिपय क्षेत्रमा ढिलासुस्ती पनि भएको छ, हामीले ताकेता गरिरहेका छौँ, केही स्थानमा क्वान्टिटी फेरबदल गर्नुपर्ने देखिएको छ,” आयोजना प्रमुख अधिकारीले भन्नभुयो ।

अधिकाँश निर्माण कम्पनीले कार्यक्षेत्रमा जनशक्ति बढाउन सकेका छैनन् । कामदार र उपकरण पर्याप्त मात्रामा  परिचालन हुन नसक्दा निर्माण कार्यमा ढिलाइ भैरहेको छ । बेनी–जोमसोम खण्डको काम तुलनात्मक रुपमा सन्तोषजनक छैन । आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ४० प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ४२ प्रतिशत, घाँसादेखि कोबाङसम्म शर्मा गजुरमुखीले ४५ प्रतिशत र कोबाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ५० प्रतिशत काम सम्पन्न गरेका छन् । 

जोमसोमदेखि ताङ्वेसम्म बज्रगुरु खड्का कृष्ण जेभीले ८५ प्रतिशत, ताङवेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले ८२ प्रतिशत, चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोशी एण्ड न्यौपानले ३५ प्रतिशत, भेनादेखि भैmटेसम्म कञ्चनजङ्गा लामा विरुवाले ८० प्रतिशत, झैटेदेखि चराङसम्म कञ्चनजङ्गा लामा मोतीदान जेभीले ४५ प्रतिशत  र चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६० प्रतिशत काम सकेका छन् । 

छोसेरदेखि कोरलासम्मको १६ किलोमिटर सडक स्तरोन्नतिको काम भने दिवा रौतहा एपेक्स जेभीले गत पुसमा नै सम्पन्न गरिसकेको आयोजनाका इन्जिनीयर जगत प्रजापतिले जानकारी दिनुभयो । एघार मिटर चौडा बनाएर बेनी–जोमसोम सडक कालोपत्र गरिने छ भने जोमसोम–कोरला सडकमा ग्राभेल बिछ्याइने छ । तीन वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनाको साढे ७ अर्ब लागत अनुमान गरिएको छ ।

बेनीदेखि कोरला नाकासम्मको यस सडक खण्डमा विभिन्न ३५ ठाउँमा पक्की पुल बनाउनुपर्नेछ । पुल निर्माण गर्नुपर्ने स्थानहरुमध्ये डोलिडारले जोमसोमस्थित कालीगण्डकी नदीमा पुल निर्माण सम्पन्न गरिसकेको छ । चैलेस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १३ स्थानमा अहिले पुल निर्माण कार्य जारी रहे पनि अधिकाँश ठाउँका लागि प्रकृया नै अघि बढेको छैन । निर्माण शुरु भएका पुलको कामसमेत सन्तोषजनक देखिएको छैन । पुल निर्माणमा समेत ढिलाइ हुँदा करिडोर सञ्चालनमा थप ढिलाइ हुने देखिएको छ । 

बेनी–जोमसोम सडकका लागि विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । भैरहवा–सुनौली नाकाबाट शुरु भएको कालीगण्डकी करिडोरको सडक बुटवल, पाल्पा, गुल्मी हुँदै बागलुङसम्म ल्याइएको छ भने बेनी–मालढुङ्गा सडकलाई करिडोरको रुपमा स्तरोन्नति गर्न हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १० करोड बजेट विनियोजन भएको छ । उत्तर दक्षिण जोड्ने यो सडकको कुल लम्बाइ ४३५ किलोमिटर रहेको छ । मुस्ताङस्थित कोरला नाका सञ्चालनको प्रमुख आधार मानिएको कालिगण्डकी करिडोर यस क्षेत्रमा व्यापारिक गतिविधिका साथै चिनियाँ र भारतीय पर्यटकको आगमन बढाउन सहयोगी हुने विश्वास लिइएको छ । (

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला