2026-09-13 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो (फोटो फिचर)

जेठ ४, काठमाडौँ | लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपुर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।  

माथिको तश्वीरमा: लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ कार्यक्रममा सहभागी हुन शनिबार लुम्बिनी आइपुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रमस्थलतर्फ प्रस्थान गर्दै । तस्वीरः नरेश केसी, रासस, लुम्बिनी

उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमी लुम्बिनी घुम्न आउन निमन्त्रणा गर्नुभएको छ । लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बीनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेकै महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो । 

माथिको तश्वीरमा: लुम्बिनीमा शनिबार लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ तथा २५६३औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागीहरु । तस्बिरः नवीन

स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउनुभयो । उहाँले बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो । 

उहाँले बुद्धपुर्णिमालाई वैशाख दिवसका रुपमा वश्विभर मनाउने वातावरणका लागी पहल गरेकामा सरकारलाई धन्यवाद दिनुभयो । लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपतिले लुम्बिनी क्षेत्रमा शान्ति र स्थरिता कायम गर्दै जानुपर्ने बताउनुभयो । 

माथिको तश्विरमा: राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ तथा २५६३ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीरः नरेश केसी, रासस, लुम्बिनी

माथिको तश्वीरमा: राष्ट्रपति विद्यादेवी भण्डारीबाट शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरिँदै । तस्बिरः रत्न श्रेष्ठ, लुम्बिनी, रासस

माथिको तश्वीरमा: लुम्बिनी भ्रमण  वर्ष– २०७६ तथा २५६३ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा  लुम्बिनीमा  शान्ति र्‍यालीमा सहभागी हुँदै  प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललगायत । तस्बिरः नवीन पौडेल, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन