बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धार"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर

५ जेष्ठ २०७६, आईतवार ०४:१२

जेठ ५, दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव, बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ ।

बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धारण गरेको उपभोग्य म्याद नाघेका खाद्य पदार्थ, कृषकले विषादी प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूललगायत विना मापदण्ड खुलारुपमा बजारमा बिक्री भइरहेका मासुजन्य पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको ‘नसर्ने रोग र यी रोगबाट बच्ने उफाय’ विषयक अन्तरक्रिया कार्यत्रममा सहभागी सरोकारवालाले अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको बताएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख भीम आचार्यले बजारमा उपभोग्य म्याद नाघेका दैनिक उपभोग्य वस्तु महङ्गो मूल्य तिरेर खान उपभोक्ता बाध्य भएको बताउँदै विशेषगरी खाने तेल, मैदा, पीठो, अण्डा, मासु, तरकारी, फलफूललगायतका चिजबाट नसर्ने रोग (जस्तै मुटुरोग, मधुमेह,उच्च रक्तचाप नसासम्बन्धी रोग) बढी मात्रामा देखिने गरेको बताउनुभयो । खानपानमा असावधानी, तनाव र व्यस्त दैनिकीका कारण सर्ने रोगको तुलनामा नसर्ने रोगबाट मानिस बढी पीडित हुन थालेका आचार्यको भनाइ थियो । त्यसैगरी बेनी नगरपालिका–६ का अध्यक्ष एवं नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको अनुगमन र निरीक्षण नगरिँदा बजार अनियन्त्रित बन्दै गएको र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने गरेको बताउनुभयो । 

नागरिक समाजका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले भन्नुभयो, ‘एक बिहान म घुम्न निस्कँदा कालीगण्डकी माथिको पुलबाट एक डोका बन्दाकोभी नदीमा फाल्दै गरेको देखेँ, मैले बन्दा नदीमा फाल्दै गरेका कृषकलाई सोधेँ, हैन यसरी फाल्नुभन्दा त घरमा लगेर गाईवस्तुलाई खुवाउँदा हुन्थ्यो नि, ती कृषकले भने, “गाईवस्तुलाई खुवाउनु हुँदैन, यसमा हामीले विषादी हालेर बजारमा बेच्न ल्याएका हौँ”, श्रेष्ठको यो भनाइ सुनेर कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला पेट मिचीमिची हाँसे । 

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफ्नो भनाइ राख्ने क्रममा उपभोक्ता र व्यापारी दुवै सचेत र इमानदार नहोउञ्जेलसम्म मानव स्वास्थ्यमाथिको यो खतरा टार्न नसकिने बताउनुभयो ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घ र सरोकारवालाको सहयोग लिएर बजारलाई नियन्क्रित गर्ने र अखाद्य वस्तुहरु बित्री गर्ने व्यापारीलाई कारवाही गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य