२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर : बस्तीमा खानेपानी पुगेन

५ जेष्ठ २०७६, आईतवार ०५:५८

जेठ ५, कञ्चनपुर । (रासस) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा बनाइएका छन् तर, स्थानीय बासिन्दाले अझै हातेपम्पकै आर्सेनिक र आइरनयुक्त पानी पिउनुपरेको छ ।

फुलेली खानेपानी आयोजना निर्माण भएको २४ वर्ष बितेको छ । आयोजना निर्माण भएपछि दुईपटक मर्मतसमेत भएको छ । अझै पनि धारामा पानी आइपुगेको छैन । आयोजनाको दुईपटक उद्घाटन गरिए पनि धारामा एक थोपा पानी पाउन नसकिएको स्थानीयवासी लक्ष्मीदत्त जोशीले बताउनुभयो ।

“खानेपानी आयोजना निर्माणपछि सहजरूपमा पानी पाउने आशामा थियौँ” उहाँले भन्नुभयो, “धारामा पानी नआउँदै उद्घाटन गरियो । पानीपछि आउँछ भन्थे, अहिलेसम्म आएको छैन ।” शुद्ध पेयजल उपलब्ध नहुँदा हातेपम्पको असुरक्षित पानी पिउनुपरेको उहाँले बताउनुभयो ।

 विसं २०५२ मा स्थापना भएको खानेपानी आयोजना निर्माणमा रु ८३ लाख रकम खर्च गरिएको थियो । धारापानीमा रहेको खानेपानीको बाँध बाढीले बगाएपछि पुनः रु ४० लाख खर्च गरेर गिठेमा बाँध बनाई पानी ल्याउने भन्दै कार्य अगाडि बढाइए पनि बस्तीसम्म पानी पुग्न सकेन । “खानेपानी आयोजना मर्मतका लागि वर्षेनी बजेट आउँछ भन्ने सुनिएको छ, त्यो कुन ठाउँमा खर्च हुन्छ थाहा हुँदैन”, स्थानीयवासी पवन हमालले भन्नुभयो ।

फुलेली चुरे नजिकैको ठाउँ भएकाले हातेपम्प गाड्नसमेत धेरै रकम खर्च गर्नुपर्दछ । आर्थिकरूपमा विपन्न परिवारले हातेपम्पसमेत गाड्न नसक्दा खानेपानीका लागि अरुकै भर पर्नुपर्ने बाध्यता छ । “खानेपानी आयोजनाका पाइप खेत भएर गाड्न थालेपछि निकै उत्साहित थियौँ”, स्थानीय बिजुलीदेवी धामीले भन्नुभयो, “घर नजिकै धारा बनाइँदा सहजरूपमा खानेपानी पाउने भयौँ भनेर खुशी थियौँ, धारा निर्माण भएको वर्षौं बितेपनि पानी नपाउँदा निराशा मात्रै हात लागेको छ ।” फुलेली खानेपानी आयोजना निर्माण समितिको म्यादसमेत धेरै अघिनै सकिएको छ ।

  वडाध्यक्ष बहादुरसिंह महराले मर्मतका लागि वर्षेनी आउने बजेटबारे आफूले पनि सोधखोज गरिरहेको बताउनुभयो । “मर्मतका लागि आएको बजेट दुरुपयोग भएको रहेछ भने कारवाही प्रक्रिया अगाडि बढाउन तत्पर छु”, उहाँले भन्नुभयो । यस्ता खानेपानी आयोजना भूस्खलन, बाढीलगायतका कार्यले बढी क्षति हुने भएकाले मर्मतका नाममा रकमको दुरुपयोग बढी हुने गरेकाले यसको विकल्पमा भूमिगत खानेपानी आयोजना निर्माणको काम अगाडि  बढाइएको उहाँले बताउनुभयो ।

“पिउने पानीको अभाव पूर्ति गर्न दुई खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “केही वर्षभित्रै आयोजना निर्माणको कार्य पूरा गरी सर्वसाधारणलाई शुद्ध पानी उपलब्ध गराउँछौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो