२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पक्की पुलको निर्माणकार्य रोक्न प्रशासनको निर्देशन

१६ जेष्ठ २०७६, बिहीबार ०५:१९

 जेठ १६, गलेश्वर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको निर्माणकार्य रोक्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले ठेकेदारलाई निर्देशन दिएको छ । गिट्टी, बालुवालगायत पुल निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को व्यवस्था नहुँदासम्म पुल निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

पुलको फाउण्डेशन निर्माणमा गुणस्तरहीन गिट्टी, बालुवा प्रयोग भएको भनी रघुगङ्गा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले प्रशासन कार्यालयलाई जानकारी गराएपछि पुल निर्माणको काम अर्को व्यवस्था नहोउञ्जेलसम्म रोक्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

सदरमुकाम बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ पिप्लेको सीमाक्षेत्रमा पर्ने राहुघाटको पिप्लेखण्डमा पक्की पुलको फाउण्डेशन राख्न ढलानको काम भइरहेको छ । 

जिल्ला पूर्वाधार विकास कार्यालयका डिभिजन इञ्जिनीयर ओमराज ढुङ्गाना, प्रहरी नायब उपरीक्षकसमेत पुल निर्माणस्थल पुगेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्राविधिक आई गुणस्तर निर्धारण नगर्दासम्म पुलमा भइरहेको काम स्थगित गर्न निर्देशन गर्नुभएको हो ।

“जिम्मेवार तहबाट नै गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि प्राविधिकसहित स्थलगत अनुगमन गर्दा धुलो बालुवा र धेरै साना गिट्टी प्रयोग भएको पाइयो”, प्रजिअ अधिकारीले भन्नुभयो, “डिजाइन स्टिमेटअनुसार निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने दायित्व सम्बन्धित आयोजनाको भएकाले निर्देशन गरिएको हो ।”

तर, ठेकेदार कम्पनी शर्मा गजुरमुखी युनाइटेडका इञ्जिनीयरले भने पुल निर्माणका लागि कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन गरिएको बताउनुभएको छ । “आयोजनाले पुलमा कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन दिएको हो”,  इञ्जिनीयर सोनारी क्षेत्रीले भन्नुभयो, “ठेकेदार पक्षबाट कुनै बदमासी भएको छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य