निशुल्क आँखा शिविरको अन्तिम तयारी

Posted on: 05 Mar, 2016

कमल पौडेल/फागुन २२, बागलुङ । नेपाल रेडक्रस सोसाईटि दगातुन्डाडाको स्थानिय व्यावस्थापन, नेपाल नेत्र ज्योति संघ बागलुङ को आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भोली देखि २५ गतेसम्म खर्वाङमा हुने निशुल्क आँखा परिक्षण तथा मोतिया विन्दुको शल्यक्रिया शिविरको तयारी पुरा भएको छ ।

आँखाका विशेषज्ञ डाक्टरहरुवाट हुने शिविरमा बागलुङ तथा गुल्मीका विभिन्न गाविसवाट विरामीहरु आउनेर कहिँ कतै सुचना नपुगेका विरामीहरुलाई पनि सुचना प्रवाह गरिदिन स्थानिय व्याक्तिहरुलाई उपशाखाका सभापति विष्णु प्रसाद भुसालले अनुरोध गर्नुभएको छ । शिविरको लागी सहयोग संकलन गर्ने, विरामीलाई व्यावस्थापन गर्ने, स्वयंसेवकहरु परिचालन गर्ने लगाएतका तयारी पुरा भएको भुसालले जानकारी दिनुभएको छ ।

स्थानिय रुपमा व्यावस्थापन गर्ने रेडक्रस उपशाखाले स्थानिय संघ संस्था, व्यापारी, व्यावसायी, शिक्षक कर्मचारी लगाएत सवैमा सहयोगको लागी समेत आह्वान गरेको छ । विगतमा पनि आँखा शिविर संचालन गर्दै आएको रेडक्रसले यो वर्ष पनि फागुन २३, २४ र २५ गते निशुल्क मोतियाविन्दुको सल्यक्रिया सहितको शिविर संचालन गर्न लागेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!