२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

६५ बर्षको चाहाना पुरा भएको भन्दै वामेलीहरु दिपावली गरे

२०७२, ४ आश्विन सोमबार ०१:४०

अनिश गैरे, असोज ४, गुल्मी । आम नेपालीहरुको चाहनाअनुसार नेपालको सबिंधान हिजो घोषणा भएपछि वामीका स्थानीयहरुले पनि घर घरमा दिपावली गरेका छन । बिगत ६५ बर्षदेखी आफ्नै जनप्रतिनिधिहरुबाट सबिंधान बनाउने सारा नेपालीहरुको चाहना बमोजिम हिजो सबिंधान जारी भएपछि यसरी खुशीयाली मनाएका हुन ।

batti

वामी बजारका स्थानीयहरुले पनि घर घरमा बत्ति बालेर दिपावली गराएका छन । घरहरु झिलीमिली बनाएका छन । यसैबिच नेपाली काङग्रेस वामीले पनि आफ्ना कार्यकर्ताहरुलाई घर घरमा दिपावली गर्न आग्रह गरेको थियो । केन्द्रिय समितिको निर्दैशन अनुसार सम्पुर्णहरुमा आग्रह गरिएको नेपाली काङ्ग्रेस वामीका सचिब तेजेन्द्र जिसीले जानकरी दिनुभयो । बिभिन्न ठाँउहरुमा समुहको रुपमा बसेरै वामेलीहरु सबिंधानको स्वागत गर्दै शुभकामना तथा बधाई ज्ञापन गरिरहेका छन ।

यसैबिच सिर्जनशील नमुना युबा क्लब नेटा गुल्मीले पनि आज एक कार्यक्रममा बिच सबिंधनको स्वागत गरेको छ । त्यस गाबिसका तथा क्षेत्रीय स्तरका राजनीतीक दलहरुका प्रतिनिधिहरु तथा नेपाली जनताहरुको बिचमा सबिंधानको स्वागत गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति निम बहाुदर केसी, नेकपा एमाले क्षेत्रीय उपसचिब ढालेन्द्र केसी, एमाओबादीका दुर्गा बिक, क्लबको सदस्य दिपक खरेल लगायतले मन्तब्य ब्यक्त गर्दे सम्पुर्ण नेपालीहरुलाई सम्बोधन गर्दे सबिंधान बनेको भन्दै सम्पुर्णमा बधाई ज्ञापन गर्नुभएको थियो ।

क्लबका अध्यक्ष घनश्याम खरेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिब मोहन घिमिरेले गर्नुभएको क्लबका सदस्य दिपक खरेलले जानकारी दिनुभयो । सबिंधानको स्वागतमा न्याहाका स्थानीयहरुले घर घरमा दिपावली गरेका छन । त्यसैगरी बाग्लुङ्को खर्बाङ्मा पनि स्थानीयहरुले घर घरमा दिपावली गरी सबिंधानको स्वागत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ