2026-09-13 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिमका प्रमुख शहरमा सिसी क्यामेरा जडान गर्ने तयारी

असार १३, धनगढी | सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सुदूरपश्चिमका सबै प्रमुख शहरमा सिसी टिभी क्यामेरा जडान गर्ने बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले आज कञ्चनपुरको झलारी बजारमा आयोजना गरेको ट्राफिक सचेतनासम्बन्धी कार्यक्रममा मन्त्री शाहले प्रदेश सरकार सडक सभ्यता एवं शहरी दुर्घटना न्यूनीकरणका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने बताउनुभयो ।

सुदूरपश्चिममा सडक दुर्घटना बढिरहेकोप्रति प्रदेश सरकार सचेत रहेको बताउँदै उहाँले त्यसको न्यूनीकरणका लागि प्रमुख शहरमा सिसी टिभी क्यामेराज जडान गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले ट्राफिक सचेतना र सवारी दुर्घटना न्यूनीकरणका लागि स्थानीय सरकार आवश्यक सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । ‘बढ्दो दुर्घटना न्यूनीकरणका लागि स्थानीय स्तरमा पहल गर्न ट्राफिक प्रहरीसित समन्वय गरेर अघि बढ्छौँ”,उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकार पनि यसबारे गम्भीर हुनु जुरुरी छ ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्साल, शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख तुलसी हमालका साथै कैलाली-कञ्चनपुरका प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले