2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराका पर्यटन व्यवसायी महिला चीनको विकास बुझेर फर्किए

 असार १८, चिप्लेढुङ्गा । पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् ।  महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो ।

चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले चीनको विकासको मोडललाई अपनाएर विकास गर्ने सके नेपाल छिट्टै समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।  

पराजुलीले चीनका प्रमुख शहरहरुमै नेपालबारे थाहा नहुनु दुःखद भएको बताउनुभयो  । “हामी मुख्य तीन शहर बेइजिङ, गोन्जाओ र साङघाई शहरका प्रमुख गन्तव्यमा पुग्यौँ, कतिपय ठाउँमा नेपाल भनेको कहाँ छ भन्नेसमेत थाहा रहेनछ, अधिकाशं पसलमा हामीलाई भारतीय नागरिक बनाइयो”, पराजुलली भन्नुभयो, “नेपाल भ्रमण वर्ष २०२० का पर्चाहरु बाड्यौँ, सगरमाथा र गौतमबुद्धको देश र चीनसँगै सिमाना जोडिएको भन्दै परिचय दिँदै हिड्यौँ ।” 

मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यवसायी महिला चीन पुगेको बताउनुभयो । हरेक क्षेत्रमा सक्रियरूपमा तल्लीन त्यहाँका नागरिकको मेहनतले पनि चीनलाई आर्थिकरूपमा सबल बनाउन सकेको उहाँको धारणा थियो । 

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक परनिर्भरताबाट टाढा रहेको चीनका धेरै पक्षहरु सिको गर्नलायक रहेको सहभागी उमा काफ्लेले बताउनुभयो । प्राकृतिकभन्दा पनि मानवनिर्मित धेरै कुराबाट विश्वको ध्यान खिचिरहेको चीन नेपालीका लागि एक महत्वपूर्ण अध्ययन अवलोकनको गन्तव्य रहेको भ्रमणमा सहभागी माया सुवेदीको अनुभव थियो । 

भ्रमणको अनुभव सुनाउँदै गोमा भण्डारीले नेपालको विमानस्थलमै सोधिएका अनेक र अनावश्यक प्रश्नले नरमाइलो लागेको बताउनुभयो । “हामीलाई नेपाल विमानस्थलमै मनोबल गिराउने गरी प्रश्न सोधियो र धेरै बेर रोकियो ।” ‘श्रीमानलाई सोधेर आएको हो ?’, ‘महिला महिला मात्रै कसरी जानुहुन्छ ?’ जस्ता कुराले नमज्जा लागेको उहाँको भनाइ थियो । भण्डारीले चीन प्रवेशसँगै घुम्दा र देख्दा अनि त्यहाँको इतिहासबारे जान्दा विकासका लागि शताब्दी कुर्न आवश्यक नहुने रहेछ भन्ने कुराको बोध भएको बताउनुभयो । देशलाई माया गर्ने राजनेता भए चार दशकमै मुलुकले आर्थिक छलाङ मार्नसक्ने उदाहरण चीनबाट सिकिने उहाँको भनाइ थियो । 

बेइजिङको टप भ्यूज होलिडेज प्रा.लिसँगको समन्वयमा मञ्चका १८ पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, साङ्घाई, गोन्जाओ शहरका मुख्यमुख्य ठाउँहरुको अध्ययन अवलोकन गरेको कार्यक्रम संयोजक सुशीला सिग्देलले जानकारी दिनुभयो । टोली असारको तीन गते गएर १४ गते फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले