२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा २१ वटा‘सेवाप्रवाह बडापत्र’ सार्वजनिक

२१ असार २०७६, शनिबार ०२:०२

असार २१, झापा | जिल्ला प्रशासन कार्यालय झापाले २१ वटा सरकारी कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने विभिन्न निवेदनलगायतका कागजातको नमूना समेटेर पहिलोपल्ट ‘सेवाप्रवाह बडापत्र–२०७५’ प्रकाशित गरेको छ । 

प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमबीच सो बडापत्रको विमोचन गर्नुभयो । ४०७ पृष्ठ रहेको बडापत्रमा सरकारी कार्यालयमा प्रयोग हुने निवेदन, सिफारिस, दर्तालगायतका महत्वपूर्ण कागजातको औपचारिक ढाँचा राखिएको छ । 

बडापत्रमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, भूमिसुधार व्यवस्था कार्यालय, कृषि ज्ञान केन्द्रलगायत स्थानीय गाउँपालिका र नगरपालिकामा सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनका सबै नमूना समेटिएको छ ।

मुख्यसचिव अधिकारीले देशभरका सरकारी कार्यालयमा एउटै ढाँचाको निवेदन प्रयोग हुने भएकाले झापा प्रशासनले प्रकाशित गरेको बडापत्र उपयोगी र नागरिकमैत्री भएको बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यो बडापत्र प्रयोग गरेर हरेक नागरिकले विचौलियाको सहयोगबेगर आफैँ सरकारी कार्यालयको सेवा प्राप्त गर्नसक्षम हुने विश्वास व्यक्त गर्दै अब सरकारी सेवा लिनका लागि कुनै झन्झट नहुने बताउनुभयो ।

निवेदनलगायतका सरकारी कागजातको ढाँचा थाहा नहुँदा विचौलियाले सेवाग्राहीसँग त्यसको नाजायज आर्थिक लाभ लिने गरेको जनगुनासो बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले सबै सरकारी कार्यालयको निवेदनलगायतको ढाँचा डाउनलोड गर्न सकिने गरी आफ्नो वेबसाइटमा राख्ने तयारी गरिरहेको बडापत्रको सम्पादक मण्डलका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य