१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जनसहयोगमा प्रहरीका भवन धमाधम बन्दै

२२ असार २०७६, आईतवार ०७:२१

असार २२, झापा | पाँच वर्षअघिसम्म दक्षिण झापाका जनता डाँका र चोरको त्रासले रातभर अनिदो बस्थे । पृथ्वीनगर, बनियानी, केचना, घेराबारीलगायत ठाउँमा प्रायः रातैपिच्छे चोरी र डकैतीका घटना हुने भएकाले यहाँका बासिन्दा साँझ झमक्क पर्नुअगावै घरका ढोका र झ्यालका चुकुल बलियोसँग लगाएर बस्थे । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा पोस्ट बढाएकाले अहिले चोरी र डकैतीका घटना निमिट्यान्नै भएको छ । भारतको सीमावर्ती किसानगञ्जमा बसेर नेपालमा शृृङ्खलाबद्ध डकैती गराउने योजनाकार मोहम्मद जमिललाई तीन वर्षअघि नेपाल प्रहरीले पक्राउ गरेर कारागार पु¥याएपछि सो क्षेत्रमा डकैती शून्य भएको हो ।

सुरक्षाका कारण स्थानीयवासीले ढुक्कले बस्न पाए पनि त्यस क्षेत्रमा रहेका सुरक्षाचौकी भने पूर्वाधार अभावमा ढुक्कले बस्न पाएका छैनन् । अस्थायी क्याम्पमा दुःखले बसेर जनताको सुरक्षामा रातोदिन तल्लीन सुरक्षाकर्मीका लागि स्थानीयवासीले सहयोग जुटाएर ब्यारेक र भवन बनाउन थालेका छन् ।

कचनकबल गाउँपालिका–६ मा नेपाल प्रहरीको चौकी छ । साँघुरो भवनमा कोचिएर बस्नुपर्ने भएकाले चालू आर्थिक वर्षमा स्थानीयवासीको सहयोगसमेत जुटाएर गाउँपालिकाको रु १० लाखको लागतमा कार्यालय र ब्यारेक भवन निर्माण गरिएको छ । 

जनस्तरबाट भवन निर्माणका लागि गठित समितिका अध्यक्ष नारद अधिकारी भन्नुहुन्छ, “प्रहरीले हामीलाई रातोदिन खटेर चोर डाँकाबाट सुरक्षा गरेकाले हामी सबै मिलेर प्रहरीको ब्यारेक र अफिस बलियो बनाइदिएका छौँ ।”

जनसहयोगमा निर्मित एकतले दुई कोठे पक्की भवन उद्घाटनको पर्खाइमा रहेको जनाउँदै बनियानी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक उदयशम्शेर राणा स्थानीयवासीसँग प्रहरीको सम्बन्ध सुमधुर भएको बताउनुुहुन्छ ।

दक्षिणी झापाको भद्रपुर–२ जुनेली बस्तीमा सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि स्थानीयवासीले १० कट्ठा जग्गा उपलब्ध गराएकामा प्रदेश नं १ सरकारले भौतिक संरचना बनाउन थालेको छ ।

सशस्त्र प्रहरी निरीक्षक महेश कटुवालले अफिस, कमाण्डर भवन, मेसलगायत संरचना निर्माणाधीन अवस्थामा रहेको बताउनुुहुन्छ । उहाँका अनुसार सो क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना भइसकेपछि डकैतीका कुनै पनि घटना भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै