Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका बासिन्दा बाढीको त्रासले रातभर जाग्राम

२०७६, ३० असार सोमबार १६:२६

जब वर्षायाम शुरु हुन्छ तब कैलालीका धेरैजसो ठाउँका बासिन्दाको मुटु काँप्छ । उनीहरू वर्सेनी आउने बाढीबाट त्रसित छन् । बाढी आउला कि भनेर नदी किनारमा रातभर पालैपालो जागाराम बस्छन् ।

वर्षा हुन थाल्यो भने स्थानीयवासी नजिकै रहेको नदीको बहाव हेर्न पुग्छन् । यदी रातिको समयमा वर्षा भइरहेको छ भने उनीहरू पालैपालो रातभरी जाग्राम बसेर नदीको बहाव हेर्ने गर्छन् । 

विगतका वर्षमा बाढीबाटपीडित बनेका घोडाघोडी नगरपालिका–१० खल्ला गाउँका दिलीपसिंह बोहरा पानी पर्न थालेपछि कान्द्रा नदीमा आएको बाढीले सुतिरहेको समयमा आफ्नो घर बगाएको पीडा सम्झिनुहुन्छ । उहाँ भन्नुहुन्छ,  “पानी पर्न थाल्यो की मुटुले ठाउँ छाड्न थाल्छ । विगतमा घर बगाउँदा   राम्रोसँग सुत्न, खान नपाएको पीडा फेरि बल्झन्छ कि भनी पिर लागेर आउँछ ।”

बाढीको त्रासमा रहेको यसक्षेत्रका अधिकांश पुरुष तथा युवा रोजगारीका लागि भारतलगायत विभिन्न मुलुकमा रहेका कारण महिला, वृद्ध तथा बालबालिका मात्रै गाउँमा छन् । घुम्नि भाकलका रिताकुमारी थारुले भन्नुभयो, “घरका पुरुष जति धन कमाउन परदेशमा हुन्छन् । यहाँ हामी बाढीको त्रासमा छौँ । कसैले हाम्रो पीडा सुन्दैनन् । पानी पर्ना साथ मुटुले ठाउँ छाड्छ ।” 

बमढीबाट प्रभावित घोडाघोडी–९ रत्तिपुरका बासिन्दा पनि वर्षा शुरु भएसँगै त्रसित हुने गर्छन् । उनीहरूको पीडा पनि उस्तै छ । चुरेको सिरानमा रहेको यस गाउँका बासिन्दा बाढी आउने डरले जाग्राम बस्ने गरेको पिडा सुनाउँछन् ।  स्थानीयवासी श्याम चौधरी वर्षायामसँगै हरेक वर्ष बाढीले गाउँ डुबाउने गरेको बताउनुभयो ।

सधैँ बाढीको समस्याबाट गुज्रिएका यहाँका बासिन्दाले बस्ती स्थानान्तरणको माग गर्दै आएका छन् । विसं २०६८ को बाढीबाट घरबारबिहीन भएका घुम्निभाकलका दिलबहादुर नेपालीले भन्नुभयो,“सधैँ यही बाढीको समस्या आइरहन्छ । हरेक वर्ष झै यसवर्ष पनि हामी गाउँले मिलेर तीन सय मिटर लामो जैविक तटबन्ध निर्माण गरेका छाँै । तर, प्रत्येक वर्ष गाउँले बनाउने तटबन्ध बाढीले बगाउने गरेको छ ।” 

विगतका कैयौँ वर्षदेखि निरन्तर बाढीको चपेटामा पर्ने भजनी नगरपालिकाको लालबोझीका बासिन्दा पनि बाढीको डरले रातभर सुत्दैनन् । स्थानीयवासी हरिराम चौधरीले भन्नुभयो, “वर्सेनी बाढी आउँछ हामी आफ्नो ज्यान त जसोतसो गरेर जोगाउँछौ तर, आफ्नो ज्यान जोगाउने ध्यानमा कहिलेकाहीँ बस्तुभाउ र अन्नबाली जोगाउन सक्दैनांै ।

”घोडाघोडीका नगर प्रमुख ममताप्रसाद चौधरीले कान्द्रा नदी किनारको बस्ती बचाउने गरी गुरुयोजना बनाएर काम गर्न नगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश