२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमका दुई ठाउँमा : सेनाले खोलेको सर्पदंश उपचार केन्द्रमा बिरामीको घुइँचो

२०७६, १ श्रावण बुधबार ०४:३०

साउन १, डोटी । नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुइँचो लाग्न थालेको हो ।

सेनाको अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ पर्याप्त मात्रमा भएको र सो विषयमा दक्ष चिकित्सक भएका कारण अहिले बिरामीहरु सेनाकै अस्पतालमा आउने गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर ब्यारेकले जनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री नं २५ बाहिनीअन्तर्गतको कञ्चनपुरको अर्जुनीमा देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलिएको छ ।

कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापनाकालदेखि हालसम्म ५४५ को उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७२ मा स्थापना भएको उक्त उपचार केन्द्रमा विसं २०७३ मा १०३ महिला र ७० पूरुष गरी १७३, विसं २०७४ मा ९९ महिला र ६१ पुरुष गरी जम्मा १६० तथा विसं २०७५ मा ९६ महिला र ७४ पुरुष गरी जम्मा १७० जनाको उपचार भएको छ ।

त्यस्तै विसं २०७६ असार १९ गतेसम्म २७ महिला र पुरुष १५ गरी जम्मा ४२ को उपचार गरिएको छ । 

त्यस्तै कञ्चनपुरको अर्जुनीमा देवीदल गणले विसं २०७१ देखि खोलेको सर्पदंश उपचार केन्द्रमा हालसम्म ७०७ को उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी राजु बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७१ मा १९ महिला र १८ पुरुष गरी ३७, विसं २०७२ मा २५ पुरुष र ७७ महिला गरी १०२, विसं २०७३ मा २२ पुरुष र ४५ महिला गरी ६७, विसं २०७४ मा ५३ पुरुष र १२० महिला गरी १७३, विसं २०७५ मा ४९ पुरुष र १५१ महिला गरी २०० तथा विसं २०७६ असार मसान्तसम्ममा ४१ पुरुष र ८४ महिला गरी १२५ जनाको उपचार गरिएको छ ।

उपचार गर्न आएकाहरुमध्ये ७३ को सो अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र सिफारिस गरिएको बताइएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सर्पले डसेका बिरामी समयमै सेनाले खोलेका सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसक्दा बिरामीको ज्यान जान थालेको छ । यहाँको तराई क्षेत्रमा गोमन र करेतजस्ता अति विषालु सर्पको बिगबिगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वेलगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ ।  विषालु सर्पले डसेपछि बेलैमा सर्पदंश उपचार केन्द्र लैजान नसक्दा बिरामी मृत्युको मुखमा पुग्ने गरेको शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताउनुभयो ।

गर्मीयाममा प्रायः सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गर्न शौचालय गएका बेला सर्पले डस्ने गरेको स्थानीयवासी बताउँछन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गत वर्ष मात्रै सुदूरपश्चिमभरिमा सर्पदंशका कारण ४३ को मृत्यु भएको छ । समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीले तत्काल औषधि नपाउँदा उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षमा मात्रै कैलाली, बझाङ, अछाम तथा डोटीमा गरी छ जनाको विषालु सर्पले टोकेका कारण ज्यान गइसकेको छ । जिल्ला अस्पतालले निःशुल्करूपमा वितरण गर्ने एण्टीस्नेक भेनम राखिएका यहाँका कतिपय अस्पतालमा पनि उपचार सेवा भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । प्रदेश सरकारले सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र राख्न चासो नदिएका कारण यहाँका सर्पदंशका बिरामीको अकालमै ज्यान जान थालेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ