२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङका तीन बालकको उद्धार पछि आफन्तको जिम्मा

७ श्रावण २०७६, मंगलवार ०४:४७

साउन ७, पोखरा  | गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । 

पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ का १३ वर्षीय विक्रम नेपाली, १५ वर्षीय राजु नेपाली र १४ वर्षीय प्रकाश नेपालीको उद्धारपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बागलुङको रोहवरमा सोमबार आफन्तको जिम्मा लगाइएको हो । 

श्रम तथा रोजगार विभाग कास्की पोखराले असार २३ गते पोखराका विभिन्न होटलबाट ती बालकको उद्धारपछि ‘सेफहाउस’मा राखिएका बालकलाई आफन्तको जिम्मा लगाइएको हो । बालकसहित उनीहरुले होटलमा काम गर्दा पाएको न्यूनतम पारिश्रमिकसहित जिल्ला प्रशासन कार्यालयको रोहवरमा आफन्तलाई जिम्मा लगाइएको श्रम तथा रोजगार विभाग कास्कीका शाखा अधिकृत विन्दुकला भण्डारीले जानकारी दिनुभयो । विक्रम नेपालीले विगत १५ महीनादेखि, राजु नेपालीले आठ महीना र प्रकाश नेपालीले १८ महीनादेखि बालश्रमिकको रूपमा पोखराका विभिन्न होटलमा काम गर्दै आएका थिए । विभागले होटलको नाम भने खुलाएको छैन । होटलहरुलाई बाल श्रमशोषण गरेकामा कारवाहीका लागि समेत प्रक्रिया अगाडि बढाइएको भण्डारीले जानकारी दिनुभयो ।

 होटलले न्यूनतम पारिश्रमिकवापत विक्रमलाई रु ६८ हजार, राजुलाई रु ५० हजार र प्रकाशलाई रु ६६ हजार प्रदान गरेको थियो । उनीहरुले पाएको न्यूनतम पारिश्रमिक उमेर पुगेपछि निकाल्ने गरी गण्डकी विकास बैंक बागलुङको बचत खातामा राखिएको जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो