2026-09-14 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका जापान र कोरियाका नागरिकहरु प्रहरीको फन्दामा

साउन ८, कास्की | जिल्ला प्रहरी कार्यालय कास्कीले धर्म प्रचार प्रसार गर्दै हिड्ने बिदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना बिदेशी नागरिकहरु छन् । 

साउन ६ गते कास्की जिल्लाको पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै धर्म परिवर्तन गराउन खोज्दै हिडिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रहरीले बाईबल तथा क्रिश्चियन धर्मसंग सम्बन्धित पर्चा पम्प्लेटहरु समेत बरामद भएको छ । 

कास्की प्रहरीको अनुसार पक्राउ पर्नेमा २ जना जापान र १ जना कोरियाका नागरिक रहेका छन् । जसमा जापानको पासपोर्ट नं. TK5153241 भएका ३७ बर्षीय जिरो सेकिया, जापानकै अर्का ३७ बर्षीय व्यक्ति पासपोर्ट नं. TK5153242 भएका रेइको सेकिया र कोरियाका ७३ बर्षीय जेष्ठ नागरिक पासपोर्ट नं. M37436205 भएका चो योसाङ रहेका छन्  । 

प्रहरीले जापानका दुई नागरिकलाई पोखरा -७ रत्नचोकबाट नियन्त्रणमा लिएको जनाएको छ भने कोरियन नागरिकलाई पोखरा -६ बाराहिचोकबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । पक्राउ परेका बिदेशी नागरिकहरुलाई कानुनी कारवाही अगाडी बढाईएको कास्की प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले