साउन १७, गोरखा | सिरानचोक गाउँपालिका–१ केराबारीमा पहाड भासिएर एक्साभेटर र चालक पुरिएका छन् । सडक खन्ने क्रममा एक्कासी पहाड भासिएपछि एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–१३ का अन्दाजी २० बर्षका रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ ।
‘पहरो धेरै नै भासिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले भने, ‘सडक भन्दा करिव ४० मिटर तल एक्साभेटर र चालक पुरिएको भएर उद्धारमा कठिनाइ भइरहेको छ ।’ प्रहरी र स्थानीयको पहलमा उद्धार कार्य जारी रहेको उनले बताए । ‘चालकलाई डोजरले चेपेको छ, हात मात्र देखेका छौं’, एसपी अधिकारीले भने ।